राजनीति
हालै मात्र गठित दुई अध्यक्ष रहेको (नेकपा)ले एकता भएको दुई साता पछि सचिवालय र स्थायी समितिलाइ पुर्णता दिएको छ ।
पहिलाकै ९ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटीलाई पुर्णता दिइएको हो भने असन्तुष्ट रहेका भनिएका ६ जनालाइ ग्रेस नम्बर थपेर आमन्त्रित बनाएर स्थायी समितीमा तान्ने निर्णय समेत गरेको छ ।
स्थायी कमिटीमा आयोगका ६ जना अध्यक्षलाई पदेन सदस्य तोकिएको छ । स्थायी समितिमा पहिला नपरेका ६ जना नेताहरुलाइ पछिल्लो बैठकले आमन्त्रित बनाएर पास गराइएको छ । एउटा कक्षा बाट अर्कोमा जान यदि थोरै नम्बरको अपुग भयो भने प्रोत्साहन नम्बर दिएर पास बनाए जस्तै उनिहरुलाइ पनि नम्बर थपिएको स्रोतको दावी छ । यधपी अमृतकुमार बोहोरा र अमिक सेरचनले उक्त्त कुरा नमान्ने जस्तो संकेत गरेका छन ।
स्थायी समितिका आमन्त्रित सदस्य बनाएकाहरुको सुचि यसप्रकार छ ।
४६.)१. अमृतकुमार बोहोरा (तत्कालीन एमालेबाट)
४७.)२. केशव बडाल (तत्कालीन एमालेबाट)
४८.)३. सोमनाथ प्यासी (तत्कालीन एमालेबाट)
४९.)४. डा. पुष्प कडेल स्थायी (तत्कालीन एमालेबाट)
५०.)५. अमिक शेरचन (तत्कालीन माओवादी केन्द्रबाट)
५१.)६. पेशल खतिवडा (तत्कालीन माओवादी केन्द्रबाट)