logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेकपा फुटिसक्यो, पुर्व माओवादी आफ्नो बाटो लागे हुन्छ : गोकुल बास्कोटा


  • राजनीति
  • बिहिबार, मंसिर ४ २०७७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक सांगठनिक र मनोवैज्ञानिक आधरहरु सम्पूर्ण रुपमै समाप्त पारेजस्तो देखिएको टिप्पणी गरेका छन्।

कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनलाई लक्षित गरेर बाँस्कोटाले यस्तो टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् बाँस्कोटाले यस्तो लेखका छन्,‛अविस्वास पूस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणीत आरोपको पुलिन्दा हेर्दा अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक,सांगठनिक र मनोवैज्ञानिक आधार सम्पूर्ण रुपमै समाप्त पारेजस्तो देखियो। फिर्ता लिने वा गम्भीर तनावको यात्रा रोज्ने ? मर्जी आफनै त हो !’’

सचिवालयको अघिल्लो बैठकले उत्कर्षमा पुगेको नेकपा विवाद साम्य पार्ने अपेक्षा लिइए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको १९ पृष्ठ लामो प्रस्तावले विवाद झनै बल्झाइ दिएको छ। राजनीतिक प्रतिवेदनमा एकजुट भएर ओली पक्षलाई दबाब दिने रणनीतिमा लागेका छन्। सचिवालयमा रहेका प्रचण्ड, नेपाल, झलनाथ खनाल र वामदेव गौतम एक ठाउँमा छन्।

बहुमत सचिवालय सदस्यहरु बैठकबाट थप दबाब दिएर ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छोड्न वाध्य बनाउने रणनीतिमा लागेको छन्। प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म बैठक नबस्ने र आफू सहभागी नहुने सन्देश ओली पक्षीय नेताहरुले दिइरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार