logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्ड गुटलाइ नियन्त्रण गर्न ओलीकाे सुरक्षा प्रमुखलाई निर्देशन


  • राजनीति
  • सोमबार, मंसिर ८ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार चारवटै सुरक्षा प्रमुखलाई बालुटावार बोलाए । प्रधानसेनापतिसहितका सुरक्षा प्रमुखहरुसँग ओलीले विप्लवको ‘चन्दा आतंक’ र आफ्नै पार्टीको गुटगत झडप बढ्न सक्नेतर्फ सजग गराएका छन् ।

त्यस्तै, मंसिर १४ मा चीनका रक्षामन्त्री जनरल वेई फेङ्गे नेपाल भ्रमणमा आउँदै छन् । प्रधानमन्त्रीले सो भ्रमण अवधिमा सुरक्षा कमजोरी हुन नदिन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको बताइएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ले देशभर चन्दा आतंक मच्चाएको भन्दै प्रधानमन्त्रीले सो गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

तीन दिनयता विप्लवले पार्टी स्थापनाको वर्षगाँठ मनाईरहेको छ । बर्षगाँठ मनाउन उपत्यकामा आएका सो समूहका केन्द्रिय आर्थिक विभागका प्रमुख प्रेम दर्नाललाई शनिवार प्रहरीले पक्रेको थियो ।

आफ्नै पार्टी (नेकपा) भित्र गुट उपगुट बढेकाले झड्पका घट्ना थप बढ्न सक्ने भन्दै प्रधानमन्त्रीले सजगता अपनाउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
चितवनमा नेकपा नेता सुरेन्द्र पाण्डेमाथी अर्को समूहले नाराबाजी गरेका थिए । सुर्खेतमा पनि माधव नेपाल समूह र ओली समूह बीच तिक्तता पैदा भएपछि झडप हुने अवस्था आएको थियो ।

‘त्यस्ता भड्प देशभर हुनसक्ने भन्दै प्रधानमन्त्रीले सजगकता अपनाउन भन्नुभएको छ’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘सड्क आन्दोनल पनि हुनसक्ने तर्फ सुरक्षा प्रमुखहरुलाई प्रधानमन्त्रीले सजगता अपनाउँदै तयार रहन निर्देशन दिनुभएको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार