logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बाँस्कोटालाई भ्रष्टाचारी भन्दै आफ्नै कार्यकर्ताले पर्चा छरे


  • राजनीति
  • मंगलबार, मंसिर ९ २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूले भ्रष्टाचारविरुद्ध पनौतीमा पर्चा बाँडेका छन्।

पूर्वमन्त्री गोकुल बास्कोटाले उद्घाटन गर्ने कार्यक्रमलाई लक्षित गरी स्थानीय नेकपाका कार्यकर्ताहरूले ‘भ्रष्ट आचरणको भण्डाफोर गरौं’ शीर्षकमा लेखिएका पर्चा पनौतीमा छ्यापछ्याप्ती बाँडेका हुन्।

पूर्वमन्त्री बास्कोटाले सोमबार पनौतीमा एक विद्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो। त्यसअघि नै नेकपा कार्यकर्ताले बास्कोटालाई लक्षित गरेर पर्चा बाडेको बताइएको छ। पर्चामा स्कुलजस्तो पवित्र संस्थाको शिलान्यास कस्तो हातले हुँदैछ ? भन्दै प्रश्न गरिएको छ।

विद्यालयको शिलान्यासका लागि बास्कोटाको विकल्पको माग समेत गरिएको छ। पर्चामा प्रश्न गरिएको छ, ‘विवादित माननीय भन्दा अन्य माननीयहरू, प्रदेश सभा सदस्य वा मेयरले गरे नहुने हो र ? शिलान्यास।’ पर्चामा दलाल पुँजीपति र भ्रष्टाचारीहरूलाई सामाजिक बहिष्कार गर्न अपिलसमेत गरिएको छ।

बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाइ गरेको अडियो सार्वजनिक भएको थियो। सोही घटना तर्फ लक्षित गर्दै पर्चामार्फत सोधिएको छ, ‘यदि आरोप प्रमाणित भएमा के गर्नु हुन्छ ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार