logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कपिलवस्तुमा ‘स्वेत आतंक’ भन्दै नेकपाको निकाल्यो यस्तो बिज्ञप्ती


  • राजनीति
  • बुधबार, मंसिर १० २०७७

नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले राज्यले आतंक मच्चाएको भन्दै आक्रोश व्यक्त गरेको छ । नेकपाले कपिलवस्तु जिल्लाको शिवगढी र बिजयनगर गाउँलाई चारैतिरबाट घेराबन्दी गरी स्थानीय जनताको घरमा पसेर प्रहरीले श्वेत आतङ्क मच्चाएको बताएको छ ।

जिल्ला इन्चार्ज जुझारूले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै सिंगो देश कोरोना भाइरसले आक्रान्त भइरहेको बेला त्यसको उपचार र नियन्त्रण गर्नुभन्दा भ्रष्टाचार, घुसखोरी, कमिसनको खेल, सत्ताको लुछाचुँडी, दमन, गिरफ्तार र धरपकडमा लिप्त रहेको बताएका छन् ।

उनले शिवगढी र विजयनगरको लोहोरौला र नेउलागञ्ज गाउँका स्थानीय जनताको घरमा पसेर अनावश्यक खानतलासी गर्ने, धम्की दिने र जनतालाई अपमान र दुव्र्यवहार गर्ने जस्ता अत्यन्तै घृणित र फासीवादी हर्कत गरेको भन्दै त्यसको कडा निन्दा र भत्र्सना गरेका छन् । विज्ञप्तीमा उनले भनेको छन्,

“ मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवसको दिन कपिलवस्तु जिल्लाको शिवराज ९ शिवगढी र विजयनगरको लोहोरौला र नेउलागञ्ज गाउँलाई प्रहरीद्वारा चारैतिरबाट घेराबन्दी गरी स्थानीय जनताको घर–घरमा पसेर अनावश्यक खानतलासी गर्ने, धम्की दिएर श्वेत आतङ्क सिर्जना गर्ने र जनतालाई अपमान र दुव्र्यवहार गर्ने जस्ता अत्यन्तै घृणित र फासीवादी हर्कत गरिएको प्रति हाम्रो पार्टी कडा निन्दा एवं भत्र्सना गर्दछ ।”त्यसैगरी बिजयनगर ४ त्रिपालनगरका देवराज देउटीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै उनको रिहाइका लागी बुद्धिजीवी, मानवअधिकारकर्मी र सरोकालवाला सबैलाई अपिल गर्दै पक्राउ परेका देउकी पार्टी कार्यकर्ता नभई दृष्टिविहीन संस्थामा रहेर शारिरीक अशसक्तताहरुको सेवा गर्दै आएको विज्ञप्तीमा बताइएको छ ।

इन्चार्ज जुझारुले राजनीतिक स्वतन्त्रता र वैचारिक निष्ठा राख्न पाउने जनताको न्युनतम मानव अधिकार समेत उलङ्घन गरिएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी समेत दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार