logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

हटाउलान त यी मन्त्रीलाई प्रधानमन्त्रीले


  • राजनीति
  • शुक्रबार, जेष्ठ १८ २०७५

सत्तासिन दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएकाछन ।

मन्त्री भएको एक सय दिनको मूल्यांकन गर्दै कार्यक्षमता देखाउन नसकेका, भ्रष्टाचारमा संलग्न भएका र चरम महत्वाकांक्षा राख्ने मन्त्रीहरूलाई हटाउने तयारी भएको स्रोतले जनाएको छ ।

ओली निटक सुत्रका अनुसार यायातामन्त्री रघुवीर महासेठले यो अवधिमा धेरै नै ठूलो भ्रष्टाचार गरेको रहस्य खुलेको छ । कर्मचारी तथा मन्त्री महासेठकी श्रीमती जुलीले व्यवसायीसँग सिधै रकम माग्न थालेको सूचना प्रधानमन्त्री ओलीले एक महिनाअघि नै पाए पनि पार्टी एकीकरण नभएसम्म चुप लाग्ने रणनीति बनाएका थिए ।

पछिल्लो समय यातायातमा देखिएको सिन्डिकेट तोड्ने अभियानमा जुटेर केही हदसम्म सफलता प्राप्त गरेका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई मन्त्री महासेठले सजायस्वरूप मन्त्रालय तानेपछि भ्रष्टाचारको पर्दाफास भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार