राजनीति
सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका चर्चित युवा नेता पुर्ण बहादुर सिंह र मिनबहादुर आलेको बन्दी प्रत्यक्षिकरणको रिट खारेज भएको छ । सिंहको साथी मिना महतले उच्च अदालत बुटवलमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट आज अदालतले खारेज गरिदिएको छ ।
जिल्ला प्रशासन कार्यलय रुपन्देहीलाइ बिपक्षी बनाएर दर्ता गरिएको रिट अदालतले खारेज गरिदिएको हो । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले उनीहरुको गिरफ्तारीमा आफ्नो कार्यलयको कुनै आदेश र सम्लग्नता नभएको लिखित जवाफ सहित रिट खारेज गरि पाउ भन्न ब्यहोराको जवाफ पठाए पछि अदालतले रिट खारेज गरेको जनाएको छ ।
सिह र आलेलाइ मंसिर ४ गते बिहान रुपन्देहीबाट प्रहरीले गिरफ्तार गरेको थियो । दुबै जनालाइ बिस्फोटक सम्बन्धि मुद्दा लगाएर अदालत मार्फत म्याद थपिएको थियो ।
लाओ समय क्रान्तिकारी बिद्यार्थी आन्दोलनको नेतृत्वमा रहेका सिंह बिद्यार्थी माझमा लोकप्रीय र स्थापित नेता मानिन्छन् ।
ओली सरकारले प्रतिबन्ध घाेषणा गरे पश्चात् हालसम्म विप्लव नेतृत्वको नेकपाका स्थायी सदस्य हेमन्त प्रकाश ओली ‘शुदर्शन’ पाेलिट ब्युराे सदस्य चन्द्र बहादुर चन्द ‘बिरजङ्ग’ भरत बम ‘रणविर’ ओम प्रकाश पुन,माइला लामा’आदर्श,दिपेश, लगायत करिव १४ सयकाे हाराहारीमा नेता कार्यकर्ताहरु विभिन्न मुद्दामा जेल तथा हिरासत छन् ।
विप्लव नेतृत्वको नेकपामाथी काे प्रतिबन्ध प्रति सुरक्षा निकायका उच्च अधिकारी देखि राजनीति दलसम्म सर्वत्र विराेध भइरहेकाे छ।
सरकारले राजनीतिक पार्टी र राजनीतिक आस्थाको आधारमा नेता कार्यकर्तामाथि अनावश्यक दमन गरेर गृहयुद्ध निम्त्याएको बिश्लेषकहरु बताउछन् ।