logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आधा दर्जन कम्युनिस्ट पार्टीद्धारा ‘विप्लव’लाइ पत्र : ‘ध्रुवीकरण गर्ने संदेश’


  • राजनीति
  • शुक्रबार, मंसिर १२ २०७७

बिद्रोही दल अर्थात नेत्र बिक्रम चन्द विप्लवले आधा दर्जन
जति कम्युनिस्ट पार्टीहरु सग पत्र आदानप्रदान सहित राम्रो छलफल भएको खुलासा गरेकाछन । नेपालामा क्रान्तिको आवश्यकता बोध गर्ने र जिम्मेवारी बोध गर्ने बिभिन्न कम्युनिस्ट पार्टीहरु सग विभिन्न माध्यमबाट छलफल र कुराकानी भएको बताएकाछन । नेकपा पुनर्गठनको ७ औं वर्षगाठको शन्दर्भमा रातो खबर टेलीभिजनलाइ अन्तर्वार्ता दिदै उक्त कुरा सार्वजनिक गरेका हुन ।

यद्यपि ति दल कुन कुन हुन भन्ने बारेमा खास बताइएको छैन । सोही अंतरवार्तामा विप्लवले बामपंथी बुद्धिजिवी र क्रान्तिकारी ब्यक्तित्व सग निरन्तर सम्पर्क र छलफल भैरहेको समेत बताएका छन ।

उनको उक्त भनाइले नेपाली कम्युनिस्ट आन्दोलनमा नया ध्रुवीकरण हुने संकेत गरेको राजनीतिक बिश्लेषकहरुको धारणा छ ।

साथै नेकपाले संघर्षको स्वरुप वदलाव गरेको संकेत समेत गरेको छ । पार्टी पुनर्गठनको ७ औं वर्षगाठको अवसरमा महासचिव विप्लवले भिडियो अन्तरवार्ता मार्फत उक्त आसय व्यक्त गरेकाहुन । विप्लवले सेना प्रहरीले पिछा गरे ‘जनमुक्ति सेनाले प्रतिरोध गर्ने’ चेतावनी दिएका हुन ।

यसअघि सेना प्रहरीसँग लड्ने कुनै नीति नरहेको भन्दै आएको नेकपाले अब पिछा गरे जनमुक्ति सेनाले प्रतिरोध गर्ने चेतावनी दिएको छ । पछिल्लो अन्तरवार्तामा पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरुसँग जनमुक्ति सेना र हतियार रहेको स्पष्ट पार्दै अब सेना प्रहरीले धरपकड गर्ने प्रयास गर्ने प्रतिरोध गर्ने बताएका छन् ।

अहिलेसम्म सेना प्रहरीसँग लड्ने कुनै नीति नभएको भन्दै महासचिव विप्लवले अब धरपकड गरे प्रतिरोध गर्ने स्पष्ट पारेका हुन् । यसको सुरुवात गरिसकेको र अछाम तथा संखुवासभाको चैनपुरमा त्यसकै परिणाम भएको बताए । अन्तवार्तामा उनले भनेका छन्, “हामी खोजेर जाँदैनौं तर काम गरेको ठाउँमा आएर दमन गर्न खोज्ने, जनसेवाको काममा जुटेका बेला दमन गर्ने हो भने प्रतिरोध हुन्छ । संखुवासभामा साथीहरु जनसेवामा हिँडिराखेको बेलामा दुईतिरबाट घेरा हाल्न आएपछि साथीहरुले प्रतिरोध गरेको कुरा हो । त्यो जायज छ । पछिल्लो समय जुन अछाममा र संखुवासभामा भयो अलिकिति प्रतिरोध । त्यो चाहीँ अब प्रतिरोध हुन्छ भन्ने बुझिराखे हुन्छ ।”

कोरोनाका कारण आक्रमक कारबाही स्थगित गरेपनि राज्यले धरपकड जारी राखेकाले बाध्य भएर प्रतिरोध गर्नुपर्ने अवस्था आएको विप्लवको भनाई छ । विप्लवले कोरोना महामारी सुरु भएपछि जनजीवन संकट पैदा भएपछि आफूहरुले आक्रमक कारबाही रोकेको घोषणा गरेपनि राज्यले अमानवीयता र असंवेदना देखाएको टिप्पणी गरे ।

उनले बाध्य भएर प्रतिरोधमा जानु परेको बताएका छन् । महासचिव विप्लवले भनेका छन्, “कोरोना संकटपछि जिम्मेवार ढंगले हाम्रो पार्टीले के भन्यो भने यो कोरोना महामारी एउटा स्थितिमा नपुगेसम्म नसम्हालिएसम्म अथवा योबाट जनताले एउटा निकास नपाएसम्म हामी फौजी कारबाही अथवा आक्रमक कारबाही हामी गर्दैनौं सरकारले के गर्छ उसको कुरा हो हामीले गर्दैनौँ भनेर एकतर्फी रुपमा हामीले त्यो गर्‍यौं र हामीले पालना पनि गर्‍यौं तर सरकारले के गर्यो त्यो कमजोरीको रुपमा ठान्यो या जे गरेपनि हुन्छ भन्ने ठान्यो उसले जहिलेपनि रोकेन र जनताको स्वंसेवामा गएका हाम्रा नेता कार्यकर्तालाई औषधी बाढ्न गएका औषधी बाड्न गएका र राहत बाड्न गएका कार्यकर्तालाईपनि समातेर यातना दिने र जेल हाल्ने कामहरु गर्यो त्यो पनि हामीले सहयौं । जेठमा आएपछि हामीले खोलेका छौं र प्रतिरोध कारबाही गर्ने भन्ने हामीले निर्णय गरेका छौं ।”

उनले आक्रमक कारबाही नगर्ने तर पिछा गरे प्रतिरोध गर्ने गर्ने बताए । महासचिव विप्लवले आफूहरुसँग हतियार र जनमुक्ति सेना रहेको प्रष्ट पार्दै सेना प्रहरीले पिछा गरेर अनावश्यक दुःख दिए प्रतिरोध हुने बताए ।

उनले अन्तवार्ताका क्रममा भनेका छन् , “आक्रमक कारबाही चाहीँ नगर्ने तर हाम्रो पिछा गरेर आउने,अनावश्यक दुःख दिने, हेप्ने अनि त्यसपछि गएर जनताको सेवामा जुृटेका कार्यकर्तालाई दमन गर्ने बेला चुपचाप नबस्ने हामीले पनि प्रतिरोध गर्ने, हाम्रो जनमुक्ति सेनाले पनि प्रतिरोध गर्ने, आवश्यक भयो भने भनेर खोलेकै छौं । त्यै नीति चलेको छ ।”

उनले सेना र प्रहरीलाई माथिको आदेश मात्रै नमान्न आग्रह गरेका छन् । उनले नागरिक भएर सोंच्नपनि आग्रह गरेका छन् । महासचिव विप्लवले भनेका छन्, “हामीले सेना प्रहरीलाई पनि भनेका छौं कि प्रहरी सेनाका अफिसर र जवानहरुले के बुझ्नुपर्छ भने हेपेर फाइदा छैन है । अर्को कुरा तपाईंहरुपनि नागरिक हो मान्छे हो । सरकारको नियम कानुनको कुरा गरेर मात्रै हुँदैन । मान्छेको तरिकाले नागरिकको तरिकाले यो देशको बारेमा सोच्न हामीले भनेका छौं । आदेशको पलना मात्रै गर्छु भन्दा हिजो के भएको हो ? आजपनि आदेशको मात्रै कुरा नगरौं ।”

उनले आफूहरुसँग भएको सेना र हतियार जथाभावी प्रयोग नगर्ने बताए । कोरोना संकटकाबेला पनि आफ्नो पार्टीमाथी धरपकड गर्दा जनताले बुझ्ने मौकापनि पाएको महासचिव विप्लवको भनाई छ । उनले भनेका छन्,“राज्यलाईपनि हामीले भनेका छौं । अहिले अहिले त्यस्तो केही गरेकै छैनौँ । अहिले यस्तो बेलामा जनताले बुझ्ने मौका त पाए त । जनताप्रति संवेदनशील को छ ? हतियार त हामीसँगपनि छ नि त । जथाभावि प्रयोग गर्ने भन्ने कुरा आउदैन नी । जनमुक्ति सेना छ त्यो कुरा त हामीले बाहिर भनेका छौ नि । प्रयोग गर्दियौँ । प्रयोग गर्न सकिन्छ नि ।”

संकटका बेला विभिन्न राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार रहेको बताएपनि राज्यले वेवास्था गरेर गरेको दमन हदैसम्मको अमानवीय र अनैतिक भएको उनको टिप्पणी छ । महासचिव विप्लवले आफूहरुले अहिले युद्ध, आक्रमक कारबाहीको घोषणा नगरेको प्रष्ट पारे । यद्यपी युद्धको घोषणा गर्दा राजनीतिक निष्कर्ष निकालेर जाने बताए । उनले भनेका छन्, “हामीले युद्ध,आक्रमक कारबाहीको घोषणा त गरेका छैनौ नि त्यो गर्यौं भने राजनीतिक ढंगले नै निष्कर्ष निकालेर हामी गछौं ।”

महासचिव विप्लवले अहिले पनि आफूहरु शान्तिपूर्ण तरिकाले आफ्नो कुरा राख्न चाहेको बताए । उनले अन्तवार्तामा भनेका छन्,”अहिले त हामीले के भनेका छौं भने जनताको कुरा सुन । हामी शान्तिपूर्ण तरिकाले आउँछौं नि कुरा गर्न । आफ्नो कुरा राख्न । तर राज्य यो कुरापनि सुन्दैन ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार