logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रचण्डलाइ झस्काउने भेट : वामदेवको घरमा ईश्वर पोखरेल


  • राजनीति
  • शनिबार, मंसिर १३ २०७७

नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली निकट नेता ईश्वर पोखरेलले असन्तुष्ट समूहका नेता बामदेव गौतमलाई भेटेका छन्।

नेता गौतमलाई भेट्न उपप्रधानमन्त्रीसमेत रहेका पोखरेल शुक्रबार गौतम निवास भैँसीपाटीमा पुगेका हुन्।

गौतमका प्रेस सल्लाहकार विश्वमणी सुवेदीले नेता गौतम र पोखरेलबीच भेट भएको पुष्टि गरेपनि उनीहरुबीच व्यक्तिगतबाहेक पार्टी र सरकारबारे कुनै पनि कुरा नभएको बताए।

ओलीविरुद्ध पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको समिकरणमा महत्वपूर्ण भूमिकामा रहेका गौतमलाई नेता पोखरेलले सचिवालय बैठकको पूर्वसन्ध्यामा भेट्नुलाई अर्थपूर्णरुपमा लिइएको छ।

विश्वस्त स्रोतका अनुसार आफूसँग असन्तुष्ट नेता गौतमलाई आफूतिर तानेर सचिवालयमा आफ्नो पक्षमा बहुमत बनाउने अन्तिम कसरतस्वरुप ओलीले पोखरेललाई भैँसीपाटी पठाएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार