logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्डकाे एकान्तवास, ओली तिव्र भेटघाटमा


  • राजनीति
  • मंगलबार, मंसिर १६ २०७७

नेकपा सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाइएको छ । शनिबारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ३८ पृष्ठको जवाफीपत्र पेश गरेपछि भोलिको बैठकका निम्ति दुबै पक्षका नेताहरुले विशेष सक्रियता देखाएका छन् । सोही क्रममा आज बिहान सातै बजे घरबाट निस्कनुभएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्धकार नहुन्जेल झण्डै ११ घण्टा ढोलाहिटीस्थित छोरी गंगा दाहालको निवासमा बिताए ।

छोरीको निवासमा बसेर प्रचण्डले भोलिको बैठकमा प्रस्तुत गर्ने एजेण्डाबारे गम्भीर ढंगले गृहकार्य गरेको हुनसक्ने अड्कल लगाइएको छ । उहाँ प्रायः यसअघि पनि महत्वपूर्ण बैठकमा कुनै दस्तावेज पेश गर्थे भने एकान्तवास बसेर तयारी गर्थथे । आज छोरीको घरमा बसेर बिहानदेखि तयारी गर्नुको मतलब भोलिको बैठकमा अध्यक्ष ओलीलाई पुनः लिखित काउण्टर दिने पो हो कि भनेर लख काटिएको छ ।

यता,प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहान भेट्ेेेेका थिए । त्यसपछि प्रधानमन्त्री र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङवीच छलफल भयो । मुख्यसचिव शंकरदास बैरागीले पनि क्याबिनेट बैठकअघि प्रधानमन्त्रीलाई पौने घण्टासम्म भेट् भयाे ।

हिजै बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक एकाउन्ट पनि खोल्नुभयो । आइतबार बनाइएको उहाँको टिकटकमा अहिलेसम्म २७ हजार ३ सय भन्दाबढी फलोअर पुगेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेलले दिउँसो झण्डै दुई घण्टा भेट्नुभएको थियो । आज हुने नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा भएको उक्त भेटलाई चासोका साथ हेरिएको बताइन्छ ।

वरिष्ठ नेता माधवकुमार नेपालको निवास,कोटेश्वरमा हिजो नेपाली काँग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंह दिउँसो एकछिन देखा परेका थिए । त्यसैगरी,उपाध्यक्ष वामदेव गौतमको निवास,भैसेपाटीमा भेटघाटको लागि पूर्व सभामुख कृष्ण बहादुर महरा पुगेका थिए।

नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले राती ९ बजे प्रशारित टेलिभिजन कार्यक्रम फायरसाइडमा बोल्दै आज बस्ने सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिएको घोषणा गर्नसक्ने बताए।

राष्ट्रिय शक्ति नेपालको आयोजना र अध्यक्ष केशरबहादुर विष्टको नेतृत्वमा झण्डै छ सय जना प्रदर्शनकारीले हिजो दिउँसो माईतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म गणतन्त्र,संघीयता र धर्मनिरपेक्षताको खारेजी र हिन्दू राज्यसहित राजसंस्था पुर्नस्थापनाको माग गर्दै सरकार बिरोधी र्याली निकालेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार