logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सकियाे सचिवालयकाे बैठक, हेर्नुस् निर्णय के के भए ?


  • राजनीति
  • मंगलबार, मंसिर १६ २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएकाे छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली जान नमानेपछि बालुवाटारमै सुरु भएकाे थियाे ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठकाा अनुसार आज अध्यक्षद्वयले राखेका प्रस्ताव मा थप छलफल गरेका थिए । बैठक भाेली १ बजे बस्नेछ ।
सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष प्रचण्डको प्रस्तावमाथि छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुबै प्रस्तावमाथि छलफल प्रारम्भ भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै छुट्टै प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा प्रचण्डमाथि हमला गर्दै प्रस्ताव ल्याएका थिए ।
एकअर्कालाई आरोप प्रत्यारोप गर्दै ओली र प्रचण्डले ल्याएको प्रस्तावमाथि नै सचिवालयमा छलफल सुरु भएको हो ।

प्रवक्ता श्रेष्ठले पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक र अनौपचारिक दुबै खाले छलफललाई निरन्तरता दिने भन्दै कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिवद्धता नेताहरुबाट आएको बताए ।

आजको बैठकमा ओली र प्रचण्डले आफ्नो धारणा राखेका थिए भने थप घनीभूत छलफल भोलिदेखि सुरु हुने छ । अर्को बैठक भोलि १ बजेका लागि तय गरिएको छ ।

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डसहित ९ जनै सदस्यहरुको सहभागिता रहेको छ ।

सो बैठकमा यसअघि ओली र प्रचण्डले ल्याएको दुबै प्रस्ताव बारे छलफल भएकाे छ । कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीलाई विभिन्न विषयमा प्रश्न गर्दै १९ पेज लामो प्रस्ताव ल्याएका थिए भने १३ गतेको सचिवालय बैठकमा पनि ओलीले जवाफी प्रतिवेदन ल्याएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार