logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बानेश्वरमा बतुराएर समाजवाद आउदैन : बिराट


  • राजनीति
  • शनिबार, मंसिर २० २०७७

बिद्रोही दल नेपाल कम्युनिस्ट पार्टी कालिकोटले जिल्लाको एरिया नम्बर २ को मेहेलमुडीमा राजनीतिक प्रशिक्षण कार्यक्रम गरेको छ । एरिया इञ्चार्ज बिसाखर जैसीको अध्यक्षता, जिल्ला इञ्चार्ज विराट र आर्थिक विभाग सदस्य निर्देशनको उपस्थितिमा प्रशिक्षण कार्यक्रम भएको हो ।

बदालकोट रकु र मेहेलमुडीका पार्टी सदस्यहरुको उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै अतिथि विराटले सबै कम्युनिष्टहरु एक ठाउँमा नआउँदासम्म दलाल संसदीय व्यवस्थाको अन्त्य नहुने ठोकुवा गरे ।

बिराटले बानेश्वरको भवनमा कराएर समाजवाद नआउने भन्दै समाजवादका लागि संघर्ष बाहेक अर्को विकल्प नभएको बताए ।

उनले त्यसका लागि असल कम्युनिष्टहरुको एकता जरुरी रहेको धारणा राखे । एक अर्को प्रसंङ्गमा विराटले कम्युनिष्ट सरकार असफल भए त्यस्को विकल्प कांग्रेस हुन नसक्ने दाबी गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार