राजनीति
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक सकिएकाे छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक सकिएकाे जानकारी दिए । आजकाे बैठकमा अध्यक्ष प्रचण्डले आफुले पेश गरेको राजनीतिक प्रतिवेदनबारे ब्रिफिङ्ग गरेका थिए ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाइ बैठकमा सहभागी हुन अपिल गर्दै पार्टी स्थायी कमिटीको बैठक मंसिर २५ र केन्द्रीय कमिटीकाे बैठक पुस ५ गते बस्ने निर्णय भएकाे प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ गरिएकाे थियोे
यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ। अहिले धुम्बाराही क्षेत्रको सुरक्षा व्वस्था अत्यान्त कडा पारिएकाे थियोे ।