logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

न्यायका लागि पार्टी भित्र लड्नै पर्ने भो : झलनाथ खनाल


  • राजनीति
  • आइतबार, जेष्ठ २० २०७५

तत्कालीन एमाले तथा नवगठित नेपाल कम्युनिष्ट पार्टी(नेकपा )का वरिष्ठ नेता झलनाथ खनालले आफू माथी अन्याय भएको बताएका छन् ।

चीन भ्रमण बाट शनिबार फर्किएका खनालले न्यायका लागि पार्टीभित्रै संघर्ष गर्ने बताएका छन । ‘पार्टी बरियतामा अन्याय भएको छ । यश बिरुद्ध पार्टी भित्र भिन्न मत राखेको छु’ उनले भने, ‘म पाटी भित्र संघर्ष गर्छु । न्याय पाउनका लागि आफ्नो लडाईलाई जारी राख्छु ।’

नेपाली कम्युनिष्ट आन्दोलनमा लागेदेखि नै कम्युनिष्ट पार्टीहरुको एकताका लागि आफूले संघर्ष गरेको इतिहासलाई कसैले तलमाथि पार्न नसक्ने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार