logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अरु देखाएर बिद्रोही नेकपालाइ थप दमनको तयारी !


  • राजनीति
  • मंगलबार, मंसिर २३ २०७७

आन्तरिक बिवादले हैरान र परेसान र कम्जोर बनेका सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा विरुद्ध थप दमनको योजना बनाएको समाचार बाहिरिएकाछन । उनले संविधान विरोधी र हिंसात्मक गतिविधिहरु भन्ने आवरणमा नेकपा विरुद्ध थप षड्यन्त्र गर्न लागेको भन्दै कडा प्रतिरोध गर्ने बिद्रोही नेकपा स्रोतले जनाएको छ ।

कोरोना महामारी अन्य संकटले मुलुक स्थिल बनेको बेला सर्वदलीय बैठकमा राजावादीको आन्दोलन र विप्लव नेकपाको गतिविधि सग मात्र केन्द्रित रहेर बैठक आयोजना गर्नु रहस्यमय नै देखिएको भन्दै सामाजिक संजालमा ब्यापक बिरोध भएकाछन । बैठकमा राजावादीको आन्दोलन भनेपनि बैठकमा राजावादी दिपक बोहोरालाइ नै न्यानो स्वागत सहित बैठकमा सहभागी बनाएका थिए ।

ओलीको यस गतिविधिले अन्य तिर देखाएर विप्लव नेकपालाइ दमन गर्ने योजना बनाएको वामपन्थी बिश्लेषकहरुको भनाइ रहेको छ ।

ओलीले सरकारी निवास बालुवाटारमा आज सर्वदीय बैठक राख्नुपरेको कारण र विषयबारे उल्लेख गर्दै ओलीले शुरुमै ब्रिफिङ गरेका थिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दायाँ बायाँ सिटमा राखेर ओलीले देशमा संविधान विरोधी र हिंसात्मक गतिविधि गर्नेहरु सल्बलाएको विषय उल्लेख गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्रीले संविधानविरोधी र हिंसात्मक गतिविधि गर्नेहरुविरुद्ध एकजुट हुन आग्रह गरेको जानकारी गराए ।

विभिन्न राजनीतिक माग सहित एकखाले संघर्षमा रहेका जुनसुकै दल र समुह भए पनि उनिहरु सग वार्ता छलफल बाट निकास निकाल्नु राज्यको दायित्व भएको जानकारहरुको धारणा छ । तर अहिलेको सरकारी गतिबिधी ठिक उल्टो भएको भन्दै आफ्नो पार्टीको संघर्ष र आफ्नो संकटलाइ अर्को तिर डाइभर्ट गर्न खोजेको सत्तारुढ दलकै एक नेताले बताएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार