logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सत्तारुढ नेकपा : ब्यवस्थाकै मलामी बन्ने खतरा


  • अखिल बिश्वकर्मा
  • बुधबार, मंसिर २४ २०७७

सत्तारुढ दल नेकपाका अध्यक्ष एब प्रधानमन्त्री केपी शर्मा ओली अहिले आन्तरिक पार्टी जिवनको गम्भीर संकटमा परेकाछन । बाहिरी हेर्दा उनले संकटलाइ टार्न खोजेका कैयौं प्रयासहरु निर्थक बन्दै गएकाछन । अझ भनौ उनि अब वारपार गर्नै पर्ने बाध्यतामा फसेकाछन ।

यसै हप्ता आफूले सहभागिता नजनाएको स्थायी कमिटी बैठकमा एउटा पत्र पठाए । जसमा उनले नेपाल कम्युनिस्ट पार्टी इतिहासकै गम्भीर संकटमा रहेको उल्लेख गरेको छ । त्यो संकट बाह्य नभई पार्टीभित्रैबाट रहेको स्पष्ट भनेका छन् । यसरी ओलीले आफूमाथि घेराबन्दी रहेको र पार्टीभित्रैबाट सत्ता संकट देखेका छन् ।

ओली पार्टीभित्रको कमिटीमा अल्पमतमा छन् । संसदीय दलमा उनको अवस्थाको परीक्षण भएको छैन । यो अवस्था आएमा राजनीतिक दुर्घटनाको खतरा औल्याएका छन् ओलीले । उनी कुनै हालतमा राजीनामा नदिने पक्षमा छन् । जुन सार्वजनिक रुपमै बोलिसकेका छन् ।

सत्ता छाड्न वाध्य पारिए गम्भीर अवस्था आउने उनको चेतावनी छ । ओलीले लिखित र मौखिक रुपमै राजीनामाका लागि दबाब नदियोस् भनेका छन् । उनले आफूले सत्ता छाडे देश बर्बाद हुने समेत बताएका छन् । यो किन भनिरहेका छन् ? विचारणीय पक्ष छ ।

कुनैपनि हालतमा सत्ता नछाड्ने उनको अडान छ । त्यस्तो परिस्थिति आएमा उनले पार्टी भनेर नबस्ने सन्देश दिइसकेका छन् । रह्यो अहिलेको राजनीतिक व्यवस्थाको कुरा, त्यो विस्तारै चुनौती झेल्न थालेको छ ।

ओलीले आज सर्वदलीय बैठकमा केही गम्भीर विषय राखेका छन् । सबै राजनीतिक दलहरुलाई एकजुट हुन आग्रह गरेका छन् । सडकमा बढ्दो राजावादीको प्रदर्शन र विप्लव समूहको हिंसात्मक गतिविधिप्रति गम्भीर भएका छन् । त्यसविरुद्ध एकतावद्ध हुन आग्रह गरेका छन् । गणतन्त्र, संघीयता र धर्मनीरपेक्षतामाथि बढेको चुनौतीसँगै ओलीका सामु वर्तमान राजनीतिक प्रणाली जोगाउन चुनौती समेत आइपरेको छ । आजको सर्वदलीय बैठकमा ओलीको आलोचनाहरु भए । उनले त्यसलाई सुन्ने धैर्यता राखे । संयमतापूर्वक धारणा राखे ।

पछिल्लो राजनीतिक घटनाक्रमबाट ओली आत्तिएको देखिदैनन् । तर, उनले जटिल राजनीतिक परिस्थितिको सामना गर्नुपर्ने देखिसकेका छन् । पार्टीभित्रबाट उनको सत्तामाथि संकट छ । सडकमा उर्लिएको राजावादीको भेलको चुनौतीले अर्को समस्या खडा गरेको छ । यसको कारण उनलाई नै देखाउन विरोधीहरु लागिपरेका छन् । यसरी ओलीसामु आफ्नो सत्तामात्र नभई वर्तमान राजनीतिक प्रणाली जोगाउने चुनौती बढेको छ ।

यसरी हेर्द आफ्नै पार्टी जोगाउन धौ धौ भएको नेकपालाइ राष्ट्र , राष्ट्रियता र गणतन्त्र विरुद्ध भएका गतिविधि बारे सोच्ने र पहल गर्ने अलिकति पनि समय र शन्दर्भ नभएको सहजै अनुमान गर्न सकिन्छ । त्यसकारण अब यति भन्न सकिन्छ सत्तारुढ नेकपा जनताले लडेर ल्याएको गणतन्त्रको अघोषित मलामी बन्ने खतरा नजिकै देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार