logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

व्यक्ती हत्या पार्टी नीति नभएको बिप्लवकाे धारणा, गरे यस्तो अपिल


  • राजनीति
  • बिहिबार, मंसिर २५ २०७७

प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नाे पार्टीको व्याक्ति हत्या गर्ने कुनै याेजना नभएकाे स्पस्ट पारेकाे छ । आज पार्टीको केन्द्रीय कार्यालयकाे तर्फबाट आधिकारिक धारणा साे पार्टीको मुखपत्र इराताे खबर मार्फत सार्वजनिक गरेकाे छ । केन्द्रीय कार्यालयकाे तर्फवाट भनिएको छ, हाम्रो पार्टी एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापनाकाे अभियानमा छ, केपि सरकारले घाेषणा गरेकाे प्रतिबन्ध पछि करिव एक दर्जन आफ्ना नेता कार्यकर्ताकाे हत्या भएको बताएको छ ।
नेताहरु कुमार पाैडेल लगायत १ दर्जनकाे शाहदत्त भएको छ सरकार आफै जवर्जस्त हत्या अभियानमा लागेकाे छ त्यसकाे दाेष बिद्राेही माथि लगाउने चेष्टा मात्रै भएको दावी गरेकाे छ।

नेकपाले केपी बादलकाे याेजना अनुसार गाउँमा केही सुराकीहरुलाइ तलव दिएर राखेका छन् र उनिहरु पाैडेल हत्या जस्तै अरु घटना घटाउन समाजका विभिन्न मान्छेहरु प्रयाेग गरिरहेका छन् ।यसक्रकमा माेरङका शिक्षक राजेन्द्र श्रेष्ठको आफ्ना कार्यकर्ताले जिवनरक्षा गर्दा प्रतिकारमा मृत्युु भएको दावी गरेकाे छ। निज शिक्षक श्रेष्ठको गतिविधि नेकपा बिरुद्ध भएको र पटकपटक सम्झाउदा नमानेपछि चेतावनी स्वरुप सम्झाउन खाेज्दा प्रतिकार गरेपछि घटना हुन पुगेकाे दावी गरेकाे छ ।

केन्द्रीय कार्यालयले हिजाे आज सन्चार माध्याम तथा समाजमा भएको बहस र राज्यले गरेकाे तयारी तर्फ चिन्ता ब्यक्त गर्दै प्रचार गरिएजस्ताे विप्लव ‘व्याक्ति हत्यामा’ लागेकाे ‘युद्धमा फर्किएकाे’ ‘रक्तपातपुर्ण बाटो’ लिएकाे जस्ता हल्लाहरु निराधार भएको बताएकाे छ । हाम्रो जनयुद्ध वा रक्तपातपुर्ण युद्ध लड्ने नीति छैन कार्यालयले भनेको छ राज्य हतियार र युद्ध चाहान्छ भने शान्तिका लागि न्यायपुर्ण बन्दुक उठाउनु जनताकाे तर्फबाट कर्तव्य हुनजान्छ ।

कार्यालयकाे तर्फवाट भनिएको छ एउटा घटनालाई लिएर केपी सरकार आफ्नाे असफलता ढाकछोप गर्न विप्लव नेकपामाथि दमन गर्ने र देशलाइ गृहयुद्धमा लैजाने तयारी गरिरहेकाे छ। बिप्लवकाे केन्द्रीय कार्यालयले भनेको छ याे राज्य रुपान्तरणकाे आन्दोलनमा दलालहरुकाे एजेन्ड नबन्न सबै पक्षसंग विशेष अपिल गरेकाे छ, हिजाे जनयुद्ध दवाउन कांग्रेस जनतालाई यसरी नै प्रयाेग गरेको स्मरण गराउदै अहिले केपि वादल त्यहि बाटो पच्छाइरहेका ले सचेत हुन अनुराेध गरेको छ ।

घटना भएको दिन नेकपा काेसि ब्युराेले मोरङका शिक्षकको राजेन्द्र श्रेष्ठको प्रतिरोधका क्रममा मृत्यु भएको । नेकपा मेची कोशी ब्युरो इन्चार्ज प्रताप द्धारा एक बिज्ञप्ती जारी गर्दै हतियार लिएर आक्रमण गर्न गएका श्रेष्ठको प्रतिकारका क्रममा ज्यान गरेको बताएका थिए ।

मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी भएको स्रोतले जनाएको छ । उनको निधन बारे केही घन्टा अन्यौल भएता पनि भर्खरै मात्र नेकपाले बिज्ञप्ती निकालेर घटनाको जिम्मेवारी लिएको छ।

ब्युरो इन्चार्ज प्रतापले बिज्ञप्तिमा भनेका छन्, ‘निज राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए । उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका थिए । २०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य कमरेड काशीराम घिमिरे र कमरेड विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुर्याएका थिए ।’

नेकपाका अनुसार श्रेष्ठले जनताका घर–घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता–कार्यकर्ताहरूलाई बस्न–खान दिए तातो गो’ली खान्छौ भनेर जनतालाई आत’ङ्कित पारेका २०७७ साल साउनदेखि नै पटक–पटक आफ्नो बिरोधि गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेकाे बिज्ञप्तिमा उल्लेख गरेको छ ।

ब्यूरो इन्चार्ज प्रतापको वक्तव्यमा सबिस्तार भनिएको छ, ‘जनताका घर–घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता–कार्यकर्ताहरूलाई बस्न–खान दिए तातो गोली खान्छौ भनेर जनतालाई आतङ्कित पारेका राजेन्द्र श्रेष्ठले २०७७ साल साउनदेखि नै पटक–पटक आफ्नो त्यसप्रकारको पार्टीविरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेका थिए । उनलाई यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आ’क्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा निजको ज्यान गएको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार