logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

श्रेष्ठ हत्याकाे जिम्मा सरकारले लिनुपर्छ : नेकपा सांसद लिम्बु


  • राजनीति
  • बिहिबार, मंसिर २५ २०७७

सत्तारूढ दल नेकपाका सांसद कुशल लिम्बुले शिक्षक राजेन्द्र श्रेष्ठको ह’त्याकाे जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । मोरङको मिक्लाजुङ क्षेत्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा सांसद कुलप्रसाद साम्बा (कुशल लिम्बू) ले मिक्लाजुङ गाउँपालिका– १ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको ह’त्याको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । उनले मृ’तकको परिवारलाई क्षतिपूर्ति दिन पनि सरकारसँग माग गरेका छन् ।

गत वर्ष मिक्लाजुङमा विप्लव नेतृत्वको नेकपाले तीनवटा स्काभेटर जलाएपछि त्यसलगत्तै सुरक्षाका लागि त्यहाँका सांसद र स्थानीयबासीले संघीय सरकारलाई सशस्त्र प्रहरीको बेस क्याम्प राख्न आग्रह गरेको सांसद लिम्बूले बताए ।

‘हामीले सुरक्षाका लागि बेस क्याम्प राख्नुप¥यो भन्दा गृह मन्त्रालयले हुन्छ मात्रै भन्यो’ प्रदेश सांसद लिम्बूले भने ‘सरकारको कमजोरीका कारण शिक्षकको ह’त्या भएको हो । यसको जिम्मेवारी वर्तमान सरकारले लिएर मृ’तकलाई सहिद घोषणा गर्नुपर्छ । र शिक्षकको परिवारलाई सरकारले क्षतिपूर्ति दिनुपर्छ ।’

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले मंगलबार बिहान मिक्लाजुङ गाउँपालिका– १ का शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा मृ’त्यु भएको बताएकाे थियाे भने पिडित पक्षले ह’त्या गरेकाे दावी गरेको याे  पहिलो घटना हो ।

दुई वर्षयता विप्लवले गतिविधि गर्दै आएको उत्तरी मिक्लाजुङको रमितेखोला क्षेत्रमा प्रहरीको उपस्थिति छैन । बेला–बेला पुग्ने र धेरैजसो समय गाउँमा बस्ने विप्लव समूहका कार्यकर्ताले स्थानीयलाई नै तारो बनाउने गरेको प्रदेश सांसद लिम्बू बताउँछन् ।

सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद लिम्बुका अनुसार उत्तरी मिक्लाजुङका बासिन्दा प्रहरी र बिप्लव समूहको दोहोरो चेपुवामा परेका छन् । ‘यहाँ प्रहरीको उपस्थिति छैन । हामीले पटक–पटक सशस्त्रको बेसक्याम्प राखौं भन्दा राज्यले अझै सुनेको छैन,’ लिम्बूले भने ‘प्रहरी पुगेर स्थानीयलाई विप्लवलाई किन सहयोग गरेको भन्छ, विप्लवका कार्यकर्ताले प्रहरीलाई किन सहयोग गरिस् भन्छ ।’

मिक्लाजुङको उत्तरी विकट पहाडी क्षेत्रमा पातलो बस्ती छ । तत्कालीन माओवादी आन्दोलनका बेला प्रयोग भएको मिक्लाजुङको माथिल्लो भाग पछिल्लो समय नेत्रविक्रम चन्द समुहको सेल्टर एरिया बनेको छ । पाँचथर इलाम, धनकुटा र मोरङको सीमा क्षेत्र रहेको मिक्लाजुङमा सैन्य अभ्यास पनि हुने गरेको प्रहरीको दाबी छ ।

दसैंको मुखमा कात्तिक १२ गते त्यहाँ सैन्य अभ्यास भइरहेको सूचना पाएपछि मोरङ प्रहरीको टोली पुगेको थियो । तर, प्रहरी आउँदै गरेको थाहा पाएपछि विप्लव समूहका कार्यकर्ता भागेका थिए । प्रहरीले भरुवा बन्दुक र अन्य सामानसहित दुईजनालाई पक्राउ गरेको थियो ।

एक वर्षयता मिक्लाजुङको अवस्थाका बारेमा सरकार जानकार रहेको उल्लेख गर्दै नेकपा सांसद लिम्बूले राज्य संयन्त्रको लाचारीका कारण निर्दाेष शिक्षक मा’रिएको गुनासो गरे । ‘मिक्लाजुङ द्व’न्द्वकालको रुकुम रोल्पाजस्तै बनेको छ’ उनले भने ‘राज्यले उपस्थिति नजनाउने हो भने भोलि जनताले बहिस्कार गर्न सक्छन् ।’

घटनापछि प्रहरी टोलीसँगै मिक्लाजुङ पुगेका सांसद लिम्बूले त्यहाँका जनता धेरै त्रसित भएको बताए । सधैं आफूहरु जाँदा गफ गर्न आउने गाउँलेहरु कोही पनि बोल्न नमानेको उनले बताए । घटनापछि गाउँले खुलेर बोल्न सकेका छैनन् । ‘प्रहरी १/२ दिन आउँछ, त्यसपछि गइहाल्छ’ एक स्थानीयको भनाइ उधृत गर्दै उनले भने ‘प्रहरी गएपछि फेरि विप्लवका मान्छेहरु आउने होलान् ।’ अनलाइन खबरबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार