logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

८ करोड काण्ड : श्रेष्ठ बारे पोखरेलको यस्तो कटाक्ष


  • राजनीति
  • शुक्रबार, मंसिर २६ २०७७

गएराति नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएसँगै उनले आफ्नो जीवनको केही तीता घटना खुलासा गरेको बाहिर आएको छ । लामाको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसँग अढाई करोड लेनदेन विवाद देखि पारिवारिक विवादको विषय पनि बाहिर आएको छ ।

यो विषय बाहिर आएपछि नेकपा सचिवालय सदस्य इश्वर पोखरेलले नाम उल्लेख नगरी नारायणकाजी श्रेष्ठमाथि कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमा कमानसिंह लामाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कटाक्ष गरेका हुन् । कम्युनिस्ट आदर्श को कुरा गरेर नथाक्नेहरुलाई कमानसिंहले गम्भीर प्रश्न गरेर गएको भनेका छन् । उनले श्रेष्ठप्रति इंकित गर्दै यस्तो लेखेका हुन् ।

कमानसिंह लामाको नारायणकाजी श्रेष्ठसँग लेनदेन विवाद खुलेपछि पोखरेलले यस्तो लेखेका हुन् ।

उनले लेखेका छन्ः
कमरेड कमानसिंह लामा अब हामीविच रहनु भएन १ हार्दिक श्रद्धान्जली १ तर वहाँले आफू सम्वद्ध कम्युनिष्ट पार्टीलाई ( अझ यसमा आवद्ध ‘ कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएकोछ। अलविदा कमरेड कमानसिंह लामा !

नारायणकाजीसँग कमानसिंहको अढाई करोड लेनदेन विवादको खुलासा

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा परेका छन् । गएराति निधन भएका नेकपा केन्द्रीय सदस्य कमानसिंह लामासँग उनको लेनदेनको विवाद खुलेको छ ।

काभ्रेका कमानसिंहसँग श्रेष्ठको लेनदेन विवाद रहेको खुलेको हो । लामा र श्रेष्ठबीच करोडौंको लेनदेनको विवादको भिडियो समेत सार्वजनिक भएको छ । उक्त भिडियो सनराइज खबरले बाहिर ल्याएको हो । भिडियोमा लामा र श्रेष्ठबीच आठ करोड रुपैयाँको लेनदेन भएको र केही रकम मिलिसकेको खुलेको छ । श्रेष्ठले साँढे दुई करोड पाउन बाँकी रहेको भिडियोबाट बुझ्न सकिन्छ ।

कमान सिंहले मृत्यु हुनुभन्दा नौ दिनअघि फेसबुकमा पत्नी इन्द्रमायाप्रति आक्रोश समेत पोखेका छन् । उनले इन्द्रमायालाई आफ्नो मृत्यु भएमा काजक्रिया गर्न पनि नआउन भनेका थिए । सनराइज खबरले इन्द्रमाया र नारायणकाजी श्रेष्ठ मिलेर आफूलाई लुटेको भन्नेगरेको विषय पनि उल्लेख गरेको छ । इन्द्रमाया कमानसिंहका कान्छी पत्नी हुन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार