logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

करोड काण्ड बारे नारायणकाजीले मुख खोले….


  • राजनीति
  • शुक्रबार, मंसिर २६ २०७७

पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ। तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ। लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन। श्रेष्ठले दुवै (लामापत्नी र कर्माचार्य) लाई परिवारकै सदस्यजस्तै भएकाले मिल्न सुझाब दिएका छन्।

कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ। बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही आपत्तिजनक छ भन्ने मलाई लाग्दैन। म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ। मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु। कमानसिंहको मृत्युमा सबैभन्दा दुःखी हुनेमध्ये म पनि एकजना हुँ।

श्रेष्ठ बिहीबार लामाको अन्तेष्टिमा पनि सहभागी भएका थिए। बिहीबार एक अनलाइनले लेनदेनको भिडियो भन्दै समाचार प्रकाशित गरेको थियो। तर, लामा र श्रेष्ठबिच भएको कुराकानी पारिवारिक लेनदेनमा केन्द्रित देखिन्छ। यो खवर आजको नयाँ पत्रिका दैनिकमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार