logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

श्रेष्ठलाई कार्वाहीकाे माग गर्दै प्रदर्शन


  • राजनीति
  • आइतबार, मंसिर २८ २०७७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै आइतवार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको सडकअगाडि प्रदर्शन भएको छ।

नेकपा सचिवालय तथा राष्ट्रियसभा सदस्य श्रेष्ठविरुद्ध स्वतन्त्र युवाहरुको नाममा बालुवाटारमा प्रदर्शन गरिएको हो। नेकपा नेता तथा संविधानसभा सदस्य कमान सिंह लामा प्रकरणमा छानबिनको माग पनि उनीहरुले गरेका छन्।

बालुवाटार परिसरमा नेकपा स्थायी कमिटी बैठक बसेकै दिन प्रदर्शन भएको हो। कमानसिंह प्रकरणमा प्रवक्ता श्रेष्ठले अढाई करोडभन्दा धेरै रकम खाइदिएको आरोप लागेको छ। कमानसिंहले पनि निधन हुनुअघि नारायणकाजीसहितका कारण आफ्नो जीवन बर्बाद भएको बताएका थिए।

तर नारायणकाजीले भने आफूले कमानसिंहले जलविद्युतमा लगाएको सेयरको हिसाब मिलाउन मध्यस्थकर्ताको मात्रै भूमिका निर्वाह गरेको स्पष्टीकरण दिँदै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार