logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओलीलाई प्रधानमन्त्रीबाट गलहत्याउने नेपालकाे चेतावनी


  • राजनीति
  • मंगलबार, मंसिर ३० २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तुरुन्त अध्यादेश फिर्ता लिएर गल्ती सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

पार्टीको बैठकलाई छलेर प्रधानमन्त्री ओलीले चालेको कदम अत्यन्तै गलत भएको नेता नेपालले यदि प्रधानमन्त्री ओलीले यस्तो गलत कदम नसच्चाए ओलीलाई नै सत्ताबाट फाल्नुपर्ने हुनसक्ने बताएका छन् उनले भने म आग्रह गर्छु अध्यादेश फिर्ता लिनुस् नभए सत्ताबाट निकाल्नुकाे बिकल्प नरहनसक्छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले जारी गरेको अध्यादेशबारे आक्रामक प्रतिक्रिया दिँदै नेता नेपालले अनलाइनखबरसँग भने ‘उहाँ (ओली) ले जुन तरिकाबाट यो अध्यादेश ल्याउनुभएको छ, भोलि बैठक छ, त्यसलाई छलेर कुनै सरसल्लाह नगरिकन जुन हिसाबले उहाँ चल्न खोज्नुभएको छ, यो अत्यन्तै बेठीक तरिका हो ।’

प्रधानमन्त्री ओलीले पार्टीलाई पनि विश्वासमा नलिएको र प्रतिपक्षको पनि विश्वास गुमाएको वरिष्ठ नेता नेपालले बताए । ‘छलफल गरेर टुंगो लगाउनुपर्ने विषयमा उहाँ जसरी एकलौटीरुपमा जाँदै हुनुहुन्छ, यो अत्यन्तै गलत कुरा हो’ नेपालले भने, ‘उहाँले तुरुन्तै अध्यादेश फिर्ता लिनुपर्छ । र, यस्तो तरिका फेरि दोहोरिन हुँदैन ।

प्रधानमन्त्रीले चालेको कमदका बारेमा बुधबार बस्ने स्थायी कमिटीको बैठकमा जोडदार कुरा उठ्ने पनि नेता नेपालले बताए । उनले भने, ‘भोलि बैठक बस्छ । त्यहाँ यस विषयमा जोडदार छलफल हुन्छ ।’

वरिष्ठ नेता नेपालले जस्तै कार्यकारी अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्री ओलीलाई अध्यादेश तत्काल लिन भनेका छन् । त्यसैगरी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले पनि प्रधानमन्त्रीको कदमको विरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार