राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धौलागिरी ब्युरोले आज ब’न्दको आयोजना गरेको छ । आफ्ना पार्टीको म्यादी जिल्लाका नेता जगेन्द्र पुन जगतको थुनामा रहेकै बेला नि’धन भएको र राज्यले योजनावद्ध ह’त्या गरेको भन्दै नेकपाले बन्दको आव्हान गरेको हो ।
नेकपाको ब’न्दको अपिलमा पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्ला रहेकाछन । आज गरिएको धौलागिरी बन्दमा जनस्तर बाटै राम्रो समर्थन र सहभागीता रहेको नेकपा धौलागिरी ब्युरोले जनाएको छ
अ’भद्र ब्यबहार सम्बन्धी मु’द्दामा जिल्ला कारगार पर्बतमा थुनामा रहेकै अबस्थामा उच्च रक्तचापको कारण बेहोस भई ढलेका वि’द्रो’ही नेपाल कम्युनिष्ट पार्टी नेता जगेन्द्र पुन ‘जगत’को नि’धन भएपछि नेकपाका महासचिव विप्लवले स्वतन्त्र छानबिनको माग गर्दै बिज्ञप्ती समेत जारी गरेकाछन ।
करिब एक हप्ता देखी अस्पतालको भेन्टिलेटर कक्षमा उपचारार्थ पुनलाई आज अस्पतालले मृ’त्यु घोषणा गरेको पुनका भाई थमन पुनले बताएका छ्न ।
यसैबिच प्रहरी प्रशासनले राजनितिक आस्थाकै आधारमा बिरामीको उपचारमा गम्भिर हेलचेक्राई गरिएको,बिरामी भईसके पछीपरिवारलाई समयमा खबर नगरिएको समयमा उपचार गर्नु पर्ने बिरामी भन्ने थाहा पाउॅदै पाउॅदै उपचार गर्नुको सट्टा उल्टो परिवारलाईसमेत भेट्न नदिई सामन्य मानविय समबेदना पनि नदेखाईएको भन्दै परिवारले मृ’तक शब नबुझ्ने जनाएको छ।परिवारका तर्फ बाटमृर्तक पुनका छोराहरुले मानवअधिकारबादी संघ संस्था,पत्रकार महासंघ लगाएतका संघ संस्थाहरुलाई स्वतन्त्र छानबिनका लागी अनुरोध गर्दै निबेदन समेत दिएका छन।
बुवाको मृ’त्युको कारण रोग मात्र नभएर उहॅालाई त्यो अबस्थामा पुर्याउने म्याग्दी,र पर्बत प्रहरी र सिडियो कार्यालय हुन उनिहरुकै कारण बाबाको ज्या’न गएको हो यसको छानबिन नगरी शब बुझ्दैनौ छोरा हिमाल पुनले जनाएकाछ्न ।
यस्तो थियो पुनको मुद्दा र हिरासतका शृंखलाहरु
१. २०७६ फागुन ९ गते आफ्नै घर बाट सुतिरहेकै अबस्थामा रातको ११ बजे गि’राफ्तार अ’भद्र ब्यबहार सम्बन्धी मु’द्दा १५ हजार धरौटीमारिहा गर्न अदलातको आदेश।
२. त्यसै दिन पुन: झुट्टा पशुपंक्षी सम्बन्धी गौ ह’त्याको मु’द्दा लगाई पुन अदालत परिसरबाटै गिराफ्तर र मु’द्दा दर्ता यसमा पनि ५४ हजारधरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश ।
३. ५४ हजार धरौटी तिरेर रिहाई हुने क्रममा पुन अर्को अभद्र ब्यबहार सम्बन्धी झुट्टा मुद्दा बनाइ अदालत परिसरबाटै दोस्रो पटक गिराफ्तार जिल्ला प्रशासन कार्यालय म्याग्दी बाट १ लाख १८ हजार धरौटी माग ।
४. जिल्ला प्रशासन कार्यालय म्याग्दी बाट फैसाल भए अनुसार १ लाख १८ हजार धरौटी तिर्ने रकम नभए पछी पुनको नाममा भएको जग्गा रोक्का राखी रिहा हुदै गर्दा पुन प्रशासनको गेट बाट अर्को झु्ट्टा मुद्दा बनाई गि’राफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्बत स्थानान्तरण र अभद्र ब्यबहार सम्बन्धी मु’द्दा दर्ता
५. यस मुद्दामा पनि जिल्ला अदालत पर्बतले रु ५० हजार धरौटी माग धरौटी तिर्न नसके पछी जिल्ला का’रागार पर्बत चलान।
६. कारागारमा रहेकै अबस्थामा २०७७/०८/२४ दिनको १२ बजे एक्कासी बे’होस,तत्काल उपचार पाउनु पर्ने बिरामीलाई ब्यबारिसे हालतमा लामो समय पछी अस्पताल पुराएर उपचारको नाटक करिब १ हप्ता आईसियु कक्षमा उपचार पश्चात २०७७/०८/२९ गते दिउॅसो नि’धन।
लामो समय कम्युनिष्ट आ’न्दोलनमा आफ्नो समय दिएका पुन जनयु’द्धकालिन कार्यकर्ता हुन । पछिल्लो पटक बिप्लवले नेतृत्व गरेको नेकपाको जिल्ला जनसरकार प्रमुखको जिम्मेवारीमा रहेका थिए ।