राजनीति
सत्तारुढ नेपाल कम्यनिष्ट पार्टी भित्रको अन्तरकलह जिल्ला तह र भ्रातृ संगठनहरुमा पनि छताछुल्ल हुन थालेको छ ।
म्याग्दीका विद्यार्थी नेता स्व. यामनाथ पौडेलले श्र’द्धाञ्जली सभामा समेत गुटगट असर देखियो । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षीय जिल्ला संयोजक सुवास विश्वकर्माको टोलीले बिहीबार पौडेलको घरमा पुगेर श्र’द्धाञ्जली सभा गरेका थिए ।
ओली पक्षको अवरोधका बाबजुद नेकपाका अध्यक्ष प्रचण्ड निकट अनेरास्वयीयुका केन्द्रीय सहयंयोजक रञ्जित तामाङ समेतको उपस्थितिमा शुक्रबार अर्को श्र’द्धाञ्जली सभा भएको छ ।
श्र’द्धाञ्जली सभामा सहभागी हुन आएका तामाङलाई शुक्रबार बेनीमा ओली निकट मानिने अनेरास्ववियूका विद्यार्थीहरुले अव’रोध गर्न खोज्दा केही समय त’नाब भएको थियो ।
होटल याकमा पत्रकारहरुसँग भेटघाट गरेर बाबियाचौर तर्फ जान लागेका तामाङलाई ओली पक्षीय जिल्ला संयोजक सुवास विश्वकर्माको नेतृत्वको समुहले गुटगत भेला र कार्यक्रम गरेको आरोप लगाउँदै अव’रोधको प्रयास गरेका थिए ।
होटलमै दुवै समुहबीच झड’पको अवस्था सिर्जना भएको थियो । ओली निकट विद्यार्थी नेताहरुले प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीहरुलाई हात हाल्न खोजेका थिए । दुवै समुहका बीच ठे’लमठे’लको अवस्था आएको थियो । प्रहरीको टोली पुगेपछि विवाद साम्य भएको थियो ।
‘सह–संयोजक तामाङ श्र’द्धाञ्जली सभामा भाग लिन आउनुभएको हो, उहाँ आउने जानकारी संयोजक सहित संगठनको कार्यालय टिमलाई जानकारी गराईएको थियो,’ अनेरास्ववियूका जिल्ला सह–संयोजक रेशम कटुवालले भने ‘पत्रकार सँग भेटघाट गरौं भनेर कार्यक्रम आयोजना गरिएको हो, कुनै गुटको भेला तथा कार्यक्रम थिएन, पत्रकार सम्मेलन सकिएकै समयमा उहाँहरु (ओली निकट) एक्कासी आएर अरा’जगता म’च्चाउन खोज्नु भएको हो ।’
कार्यक्रममा सबैलाई बोला पनि भेटघाटको लागि समेत नआएको र पत्रकार सम्मेलनलाई गुट’गत भेला भनेर अराजग समुह लिएर वि’थोल्ने प्रयास खे’दजनक रहेको सह–संयोजक कटुवालले बताए ।
अनेरास्वीयूका जिल्ला संयोजक विश्वकर्माले भने म्याग्दी आउँदा आफुलाई जानकारी नदिएको आ’रोप सहित गुटगत भेला गर्न खोजेकाले त्यस्तो कार्यलाई रोक्नुपर्ने बताएका थिए । केन्द्रीय सहसंयोजक जिल्लामा आउँदा समग्र अनेरास्ववियू सहितको टोलीलाई भेट्नु पर्नेमा गुटगत रुपमा भेला गर्न खोजेकाले अ’वरोध गरेको उनले बताए ।
विद्यार्थी नेता पौडेलको गत शुक्रबार उपचारका क्रममा नि’धन भएको थियो । पौडेल तत्कालिन अखिल क्रा’न्तिकारीका जिल्ला उपाध्यक्ष थिए । तामाङ सहित सहभागी भएर श्र’द्धाञ्जली सभा कार्यक्रको आयोजना गर्ने भनी छलफल चलाएलगत्तै ओली निकट विद्यार्थीहरुले विहिवार साँझ नै श्र’द्धाञ्जली सभा गरेका जिल्ला सहसयोजक कटुवालले बताए ।
पत्रकार भेटघाटमा तामाङले पार्टी, सरकार र नेताको ग’लत प्रवृति, गतिबिधि र निर्णयलाई रचनात्मक आलोचना र खबरदारी गर्नुपर्ने बताएका थिए । ‘पार्टीका नेताहरुले जनतासँग गरेका प्रतिबद्धता भुल्न हुदैन् । एकताको सैदान्तिक, राजनीतिक र संगठनात्मक आधारबाट बि’चलित भएर दायाबाया गर्न हुदैन्,’ उनले भने ‘यो सरकारले मनपरी गर्ने छुट छैन् । विधि र विधानमा रहेर काम गर्नुपर्छ ।’