logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्ड भेटे लगत्तै बादललाई किन भेटे ओलीले ? यस्तो छ भित्री रहस्य


  • राजनीति
  • शनिबार, पुष ४ २०७७

पार्टी भित्र आन्तरिक बिवाद पेचिलाे बन्दै गएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हल गर्न शीर्ष नेताहरुको दौडधुप सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज विहान अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दाहाल निवास खुमलटारमै पुगेर भेटवार्ता गरेका छन् । प्रधानमन्त्री भएपछि ओली पहिलोपटक दाहालनिवास खुमलटार पुगेको बताईएको छ ।

अध्यक्षद्धय ओली र दाहालबीच के के कुराकानी भयो ? भन्ने कुरा खुलाईएको छैन् । तर, उनीहरुबीच पार्टी विवादमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ । दाहाल निवासमा भएको अध्यक्षद्धयको भेटवार्तामा उपाध्यक्ष वामदेव गौतमा पनि सहभागी थए । खुमलटारबाट बाहिरिएका प्रधानमन्त्री ओली अहिले पुलचोकस्थित् मन्त्रीक्वाटरमा गृहमन्त्री रामबहादुर थापा बादल भेट्न आएका छन् । अहिले उनीहरुबीच एक्लाएक्लै भेटवार्ता भैरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार