logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सत्तारुढ दलका नेता र मेयरकै सामु विप्लवको प्रशिक्षण


  • राजनीति
  • शनिबार, पुष ४ २०७७

गत बिहिबार रुकुम पश्चिमको एक बिद्यालयमा सत्तासिन दलका प्रमुख र स्थानीय तहका प्रमुखकै सामु बिप्लव नेतृत्वको नेकपाका नेताले अभिभावक र बिद्यार्थीलाई प्रशिक्षण दिएका छन् ।

बिद्रोही नेकपाका गतिबिधि, नेता र कार्यकर्तालाई शून्यमा पुर्‍याउन सरकारले लगाएको प्रतिबन्धका बिच यस्तो कार्यक्रम भएको हो । उनीहरुका गतिबिधि बिरु’द्ध आ’क्रामक सुरक्षा संयन्त्रलाई नै चुनौति दिनेगरी सत्तासिन दल र स्थानीय सरकार प्रमुखकै अगाडी बिप्लवका कार्यकर्ताले प्रशिक्षण मन्तव्य राखेको स्रोतको दाबी छ।

चौरजहारी नगरपालिका वडा नम्वर ५ स्थित आधारभूत बिद्यालय लरेसिमलमा भएको अभिभावक भेलामा बि’द्रोही नेकपाका जिल्ला नेता छविलाल घर्तिले पार्टीको गतिबिधि र आफ्ना नेता बिप्लवको प्रशंसा गर्दै प्रशिक्षण दिएका हुन् । घर्ति पार्टीको जिल्ला कमिटि सदस्य, आर्थिक विभाग प्रमुख र त्रिवेणी गाउँपालिकाका सेक्रेटरी हुन् ।

सोहि स्टेजमा रहेका सत्तासिन दल नेकपाका चौरजहारी नगर प्रमुख श्रीकृष्ण शर्मा र चौरजहारी नगरपालिकाका मेयर बिशाल शर्मालाई समेत लक्षित गर्दै उनले कार्यक्रम जुराईदिएकोमा खुुशियालि व्यक्त गरेका छन् । श्रीकृष्ण सत्तारूढ नेकपाको जिल्ला सचिवालय सदस्य पनि हुन् भने बिशाल कर्णाली प्रदेश कमिटिको सदस्य समेत हुन् ।

अभिभावक र बिद्यार्थी सहित करिब २ सयको सहभागिता रहेको उक्त कार्यक्रममा घर्तिले बिप्लव सोच, क्षमता र लाईनको बारेमा प्रष्ट्याएका थिए । पार्टीको नाममा चन्दा असुलि गर्नेहरु आफ्ना कार्यकर्ता हुन नसक्ने भन्दै उनले आफ्नो पार्टी बिचमा रहेकोले लोभ, लालच र कुर्सि मोहमा फस्न नसक्ने ठोकुवा गरेका थिए । उनले हाउगुजि र लुटेर पार्टीको रुपमा नबुझ्न समेत आह्वान गरे ।

विप्लवद्वारा एकसाथ जनसेना,जनस’त्ता र जनअदालतकाे घाेषणा

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले कालिकाेट जिल्लाका ९ वटै स्थानीय तहमा समानान्तर सत्ता (जनसरकार) तथा जनअदालत काे घोषणा गरेको छ। जिल्लाका तीन नगरपालिका र ६ गाउँपालिकामा जनसरकार घोषणा गरेको हो। नेकपा कालिकोटले सरकारले स्थानीय निर्वाचन गठन गरेको स्थानीय सरकारको विकल्पमा आफ्नो पार्टीले समानान्तर जनसरकार गठन गरेको दावी गरेकाे छ ।

नेकपा कालिकोटका अनुसार जिल्लाको नरहरीनाथ गाँउपालिकामा मनबहादुर विष्ट, सान्नीत्रिवेणी गाउँपालिकामा राजन भण्डारी, रास्कोट नगरपालिकामा प्रकाश सुनार, पचाल झरना गाउँपालिकामा चम्फसिंह बस्नेत, पलाँता गाँउपालिकामा अनरुप विक, खाँडाचक्र नगरपालिकामा अबिरल तिरुवा, शुभकालिका गाउँपालिकामा धर्म विक र महाँवै गाउँपालिकामा धनबहादुर सिंहलाई जनसरकार प्रमुखको जिम्मेवारी दिएको छ।

जिल्लाको तिलागुफा नगरपालिकालाई आधा खाँडाचक्र र आधामहावै गाउँपालिकासँग जोडिएको छ। विप्लवले जिल्ला समन्वय समितिको पनि समानान्तर निकायका रुपमा जिल्ला जनसरकार गठन गरेको छ। जसमा अर्जुन विकलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै नेकपाले जनप्रतिनिधि लाई जनसरकारमा कर तिर्न भनेको छ र स्थानीय सरकारको समानान्तर सत्ता जनसरकार गठन गरी हरेक स्थानीयतहले आफ्नो कुल बजेटको २ प्रतिशत जनसरकारलाई कर तिर्नुपर्ने, स्थानीय सरकारले विकासमा खर्च गर्ने बजेटको ५० प्रतिशत बजेट जनसरकारलाई दिएर कार्यन्वयन गर्नुपर्ने निर्णय भएको छ ’ र कर नतिर्ने जनप्रतिनिधिलाई गाउँ छाेड्न चेतावनी समेत दिएको छ ।

त्यस्तै नेकपाले जिल्ला अदालतको समानान्तर अदालत जिल्ला जनअदालत पनि गठन गरिएको छ।

जसमा न्यायाधीशको जिम्मेवारी कमल बटालालाई दिइएको छ। स्थानीय सरकारदेखि प्रदेश तथा संघीय सरकारका योजनामा अनियमितता भए, गाउँमा जनतालाई अ’न्याय भए जनअदालतमा उजुरी दिन पाइनेछ।

उजुरी उपर बयान दिन विप्लवको अदालतमा उपस्थित नहुने जनप्रतिनिधि तथा कर्मचारीलाई पहिले युवा संगठन खटाउने त्यसले नसकेपछि जनमुक्ति सेनाले गि’रफ्तार गरेर जनअदालतमा हाजिर गराउने र दो’षीभए जनका’रबाही गर्ने दाबी उक्त समूहले गरेको छ।

विप्लवले जिल्लास्तरमा ११ सदस्य सुरक्षा विभाग गठन गरेको छ। जस अन्तरगत जिल्लामा रहेका आठ वटा एरिया कमाण्डमा प्रत्येक एरियामा एक प्लाटन जनमुक्ति सेना पनि तयार पारेको छ।

एक प्लाटनमा २५ देखि ३५ जनासम्म जनमुक्ति सेनाभर्ती गरिएको छ। आगामी फागुन १ गते जनयु’द्ध दिवसका दिन जनमुक्ति सेनाकोे बटालियन घोषणा गर्ने तयारी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार