logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सुरक्षा निकायलाई हाई अलर्ट रहन निर्देशन


  • राजनीति
  • आइतबार, पुष ५ २०७७

राजनीतिक घटनाक्रम फेरिएसँगै चारै सुरक्षा निकायले आफ्ना मातहतलाई ‘चनाखो बस्न’ सर्कुलर गरेका छन् ।

राजनितीक परिदृश्य फेरिएको भन्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले देशभर ‘चनाखो’ बस्न भन्दै सर्कुलर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि सुरक्षा निकायलाई ‘हाई अलर्ट’ राखिएको गृह मन्त्रालयका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।

‘शान्ति सुरक्षाको अवस्था र अन्य गतिविधी निगरानी भएको अवस्था हो’ नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) बसन्त कुँवरले भने ।

सुरक्षा निकायले देशभर संवेदनशिल र ‘चनाखो हुन’ सर्कुलर गरेका छन् । सुरक्षा निकायलाई ‘अलर्ट’ बस्न भनिएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।

‘संसद विघटनबारे फाईनल निर्णय के हुन्छ भनेर बसेका छौं’ सुरक्षा निकायका एक उच्च अधिकारीले भने ।

प्रधानमन्त्री निवास बालुवाटार आसपास र शितल निवास क्षेत्रमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार