राजनीति
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसँगै ७ जना मन्त्रीहरुले राजीनामा दिएका छन् ।
संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका हुन ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।
विशेषगरी पुष्पकमल दाहाल र माधव नेपाल समूहका मन्त्रीहरुले राजीनामाको तयारी गरेका हुन् । कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर लगायत मन्त्रीहरुले राजीनामाका लागि तयारी गरेका हुन् ।
यसका लागि उनीहरु यतिबेला आन्तरिक छलफलमा बसेको पनि बुझिएको छ । आइतबार बिहान मन्त्रिपरिषदको बैठकमा संसद विघटनको कुरा उठ्दा पनि उनीहरुमध्ये केही मन्त्रीहरुले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।