राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४ बजे सुरक्षा परिषदकाे बैठक डाकेका छन् । संसद बिगठन भएपछि उत्पन्न परिस्थिति काे मुल्यांकन गरि संकटकाल लाउन सक्ने बताइएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद विघटनको सिफारिश गरेलगत्तै चारवटै सुरक्षा निकायले मातहतका कार्यालय र निकायलाई आफ्ना फौज र कर्मचारीहरूलाई बिदा नदिन र बिदामा बसेकालाई समेत हाजिर हुन निर्देशन दिएका छन् ।
उच्च सुरक्षा स्रोतका अनुसार गृह मन्त्रालयको आदेशबमोजिमको निर्देशन सबै सुरक्षा निकायमा पठाइसकिएको छ ।