logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बानेश्वरमा प्रचण्ड नेपाल समुहकाे भेला सुरु, काे काे छन् सहभागी ?


  • राजनीति
  • सोमबार, पुष ६ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका निवर्तमान सांसदहरुको भेला सुरु भएको छ । काठमाडौको नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला सुरु भएको नेतृ पम्फा भुषालले जानकारी दिइन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समूहको भेलामा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अनुपस्थित भएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला सुरु भएको भेलामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका छन्।

यस अगाडि आफू निकट नेकपाका सांसदहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीले विशेष सम्बोधन गरेका थिए। आइतबार प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई बालुवाटार भेला गराएर छलफल गरेका हुन्।

उक्त भेलामा पनि थापा र गौतम सहभागी भएका थिएनन्। उपाध्यक्ष गौतम सचिवालयका पाँच शीर्ष नेताहरुको छलफलमा सहभागी हुँदै आएपनि प्रतिनिधिसभा विघटनको कदम चालेपछि दुवैतिरको भेलामा सहभागी भएका छैनन्

यो भेलालाई प्रचण्ड पक्षले संसदीय दलको बैठक भनेको छ । भेलामा प्रचण्डसहितका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायत सहभागी छन् ।

भेलामा संसद विघटन गरिसकेपछिको अवस्थामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ । ओलीले संविधानविपरित संद भंग गरेको भन्दै प्रचण्ड नेपाल पक्ष राजनीतिक र कानुनी उपचारमा जाने निष्कर्षमा पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार