राजनीति
आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आजकै मितिबाट लागु हुने गरी राजीनामा दिएका हुन् ।
अनियमितता आरोप लागेका उनलाई सरकारले बर्खास्त गरेपछि अदालतको आदेशपछि उनी पुनः फर्किएका थिए । तर वाणिज्य तथा आपूर्ति मन्त्रालयले खड्कालाई जिम्मेवारीविहीन बनाएको थियो । लामो समय पदविहीन भएकाले मार्ग प्रसस्त गर्न राजीनामा दिएको खड्काले बताएका छन् ।
उनले कार्यकाल ६ महिना बाँकि हुँदा राजीनामाको घोषणा गरेका हुन् । जग्गा खरिद भ्रष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका थिए ।