logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ब्रेकिङ्ग..प्रचण्ड समूह दल दर्ताकाे लागि ओलीलाई कार्वाहीकाे पत्रसहित निर्वाचन आयाेगमा


  • राजनीति
  • सोमबार, पुष ६ २०७७

स्थायी समिति बैठकले आइतबारको बैठकबाट गरेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेसम्बन्धी निर्णयको पत्र लिएर नेकपा स्थायी समिति सदस्य लीलामणि पोखरेल निर्वाचन आयोग पुगेका छन्।

उनले देशसञ्चारसँग कुरा गर्दै आफू प्रधानमन्त्रीमाथि अनुशासनको कारबाही गर्ने पत्र लिएर निर्वाचन आयोग पुगेको जानकारी दिए।

प्रधानमन्त्रीमाथि अनुशासनको कारबाही गर्ने निर्णय आइतबारको स्थायी समिति बैठकले गरेको जहाँ ओली पक्षका नेताहरु भने अनुपस्थित थिए।

मंगलबारका लागि निर्धारित केन्द्रीय समिति बैठकले उनीमाथि अनुशासनको कारबाही गर्ने एक नेकपा नेताले देशसञ्चारलाई जानकारी दिए।

अहिले संसद भवन बानेश्वरमा नेकपाका शीर्ष नेताहरु पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनालसहित असन्तुष्ठ पक्षका सांसदहरु भेला भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार