logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सर्वदलीय बैठक सुरु, बाबुराम गएनन्


  • राजनीति
  • सोमबार, पुष ६ २०७७

प्रतिनिधिसभा विघटनकाे विरुद्वमा रणनीति बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीच छलफल सुरु भएकाे छ ।

काँग्रेस पार्टी कार्यालय सानेपामा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल , माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक काेइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक, जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र साेनल सहभागी छन् ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायतका नेता भने आउने भनिए पनि बैठकमा अनुपस्थित भए । सर्वदलीय बैठक अघि काँग्रेस नेतहरुले आन्तरिक परामर्श पनि गरेकाे थिए । नेकपा र जसपाका नेताहरु सानेपा केही ढिलाे गरि आउँदा ४ बजेलाई बाेलाइएकाे बैठक ५ बजेबाट सुरु भएकाे हाे ।

सानेपा आउनुअघि नेकपा र जसपाले पनि आन्तरिक छलफल गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार