राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बिद्यार्थी सगठन अखिल (क्रान्तिकारी) का उपत्यका ब्युरो संयोजक प्रकाश अधिकारीले बिद्यार्थी संगठन बाट राजीनामा दिएका छन ।
गत फागुनको अन्तिम साता सम्पन्न राष्ट्रिय सम्मेलनको पछिको केन्द्रीय समितिको बैठक बाट जिम्मेवारी पाएका अधिकारीले जुनियरहरु मातहतमा बसेर काम गर्न नैतिक रुपमा नमिल्ने र नचाहेको भन्दै बिद्यार्थी सगठनको भुमिका बाट बाहिरिन चाहेको स्रोतले बताएको छ । अधिकारीले ब्युरोको बैठकमा बिषय राखे पछि उनको राजीनामा स्वीकृत गरिएको हो । अधिकारी हाल पार्टीको भुमिका रहेका र बिद्यार्थीमा नरहेको स्रोतले जानकारी दिएको छ ।
प्रकाश अधिकारीको राजीनामा पछी बसेको बैठकले उक्त जिम्मेवारी महासचिव प्रकाश शाहिलाइ दिएको समेत क्रान्तिकारीको स्रोतले जनाएको छ । अधिकारीलाई २१ औं सम्मेलन बाट आएका मध्य क्षमतावान र जुझारु नेताका रुपमा उपत्यकामा स्थापित रहेका छन । दाङमा सम्पन्न बिद्यार्थी सगठनको २१ औं राष्ट्रिय सम्मेलन बाट तत्कालीन पदाधिकारी सहित ४२ जना सिनियर बिद्यार्थी नेताहरुलाई बिदाइ गरि नया टिम बनेको थियो ।