logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

प्रचण्ड र केपीका कार्यलय छुट्टीए, सचिव नयाँ नियुक्त


  • राजनीति
  • मंगलबार, पुष ७ २०७७

भावनात्मक रूपमा दुई चिरा भइसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हालसम्म आवरणमा सग्लो भएपनि यसका सबै कामकारबाहीहरू फरक फरक हुन थालेका छन् ।

आइतबार प्रधानमन्त्रीले असंवैधानिक तवरले गर्नुभएको संसद विघटनपछिका घटनाक्रमले नेकपाको दुई धारलाई स्पष्टसँग बाहिर ल्याएको छ ।

पार्टीका धुम्बाराही र पेरिसडाँडामा गरी दुईवटा मुख्यालय छन् । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुबैजना हालसम्म नेकपाकै अध्यक्ष हुनुहुन्छ । भोलि मंगलबार बोलाइएको पार्टी केन्द्रीय समितिको बैठकनिम्ति अलग स्थानमा,अलग समयमा र अलग सचिवले खबर गरेको देखिन्छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले मंगलबार दिउँसो १ बजे कार्की ब्याङ्क्वेट बबरमहलमा र ईश्वरी रिजालले भोलि बिहान ९ बजे प्रधानमन्त्री निवास,बालुवाटारमा नेकपा (सरकार) केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ ।

दुबै समूहले दुई वटा मुख्यालय हुँदा पनि केन्द्रीय समितिको बैठक अन्यत्र बोलाएका छन् भने बालुवाटारले बोलाएको केन्द्रीय समितिको बैठकलाई आकस्मिक भनिएको छ । बबरमहलमा बोलाईएको बैठक नियमित र पूर्वनिर्धारित रहेको नेकपा (बहुमत) ले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार