logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रायमाझी र थापा मन्त्री बन्दै, कसले कुन मन्त्रालय पाउदै !


  • राजनीति
  • मंगलबार, पुष ७ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र मणि थापाले कित्ता क्लियर पारेका छन्।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा बोलाएको केन्द्रीय समिति बैठकमा उनीहरू सहभागी भएका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटन गरेसँगै नेकपामा दुई समूहमा ध्रुवीकरण भएका छन्।

प्रचण्ड-माधव नेपाल समूहले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेपछि दुवै समूह आ-आफ्नो पक्षमा बहुमत पुर्‍याउन लागि परेका थिए। ओली र प्रचण्ड-नेपाल समूहले छुट्टाछुट्टै बैठक बोलाएपछि नेताहरू दुई खेमामा विभाजित भएका हुन्।

पूर्वमाओवादीका नेताहरू रायमाझी र थापा प्रधानमन्त्री ओलीलाई समर्थन गरेका हुन्। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले टोपबहादुर गृहमन्त्री, मणि थापा श्रममन्त्री बनाउने आश्वासन दिएका छन्। यस्तै, पूर्वमाओवादीको कोटाबाट मन्त्री भएका लेखराज भट्ट यसअघि नै ओलीलाई समर्थन गरिसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार