राजनीति
सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको जनबर्गिय संगठन अखिल क्रान्तिकारीमा पछिल्लो घटनाक्रमलाइ हेर्ने बारेमा दुई थरी धारणा सार्वजनिक भएकाछन ।
केपी ओलीले एक्कासी संसद विघटन गर्ने घोषणा गरे सगै अखिल क्रान्तिकारीका अध्यक्षले सयुक्त बिद्यार्थी संगठनको बैठकमा पुगेर सबिधानको मर्म र भावना अनुसार राज्य नचलेको भन्दै अहिलेको संविधान मानेर जानुपर्ने प्रष्ट अर्थ लाग्ने बिज्ञप्तीमा हस्ताक्षर धस्काएकाछन भने सोही संगठनका उपाध्यक्ष रुद्र भट्टराईले आफ्नो सामाजिक संजाल फेसबुकमा एक स्टाटस अप्लोड गर्दै उक्त कुराको प्रतिरोध गरेकाछन । भट्टराईले यही संविधान र ब्यवस्थाकै कारण संगठनका साथीहरूको बलिदान भैसकेको भन्दै यही सविधान मानेर जाने र यसकै रक्षाका लागी संघर्ष कुरा आन्दोलन बिपरित रहेको धारणा व्यक्त गरेकाछन ।
नेकपा निकट अखिल क्रा’न्तिकारीका अध्यक्षले पुष ७ गते बसेको ९ विद्यार्थी संगठनको संयुक्त बैठकमा सहभागी भई अहिलेको संसद विघटन र संविधानको रक्षा गर्न सं’घर्ष गर्ने निर्यणमा हस्ताक्षर गरेका थिए । सो बिज्ञप्ती सार्वजनिक भए सगै बिद्यार्थी संगठन र माउपार्टी भित्र नै उनको धारणाको तिब्र आ’लोचना भएको हो । कति सम्म भने बिद्यार्थी संगठनका अधिकांस केन्द्रिय सदस्य र जिल्ला अध्यक्षहरुले त्यसको खण्डन गर्दै बिभिन्न माध्यमबाट धारणा व्यक्त गरेकाछन ।

नेकपा निकट बिद्यार्थी अध्यक्षले हस्ताक्षर गरेको बिज्ञप्ती

क्रा’न्तिकारीका उपाध्यक्ष रुद्र भट्टराईले फेसबुकमा राखेको धारणा
संसद विघटन प्रति बि’द्रोही नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले एक बिज्ञप्ती नै जारी गरी संसदिय ब्यवस्थाको अन्त्य र बैज्ञानिक समाजवादी ब्यवस्था सम्म पुग्न एकीकृत जनक्रा’न्ती अपरिहार्य रहेको भन्दै सबैमा अपिल गरेकाछन । तर पार्टीकै महासचिवको पुष ५ गते प्रकाशित अपिलको आसय सगै बाझिने गरी र नेकपा प्रवक्ता प्रकाण्डले मंसिर ८ मा दिएको अंतरवार्तामा संविधान बारे राखेको धारणाको ठिक बिपरित हुने गरी बिद्यार्थी सगठनको अध्यक्षको धारणा आएपछी उनको बारेमा बिभिन्न अड्कल हुन थालेको छ ।
अझ कतिसम्म भने बिभिन्न संचार माध्यमले संयुक्त बिद्यार्थीको सोही बिज्ञप्तीलाइ नै आधार मानेर विप्लव नेतृत्वको नेकपा राजनितीक मुलधारमा आउदै गरेको भनेर समाचार समेत आएकाछन । यो समाचार आएपछि नेकपा एक नेताले भने ‘ यस्ता समाचार आउने बाताबरण बन्नु सहि नभएको भन्दै जवसले पार्टीको मुल नितिलाइ समात्नु पर्ने बिचार व्यक्त गरेकाछन । उनले भने सिङ्गै पार्टीको छबी धमिल्याउने गरी हुने कर्म जहाबाट जसले गरेको भए पनि सैह्य हुदैन ।’
नौ विद्यार्थी संगठनले पनि संसद विघटनका वि’रुद्धमा र संविधान रक्षाका निम्ति संयुक्त संघर्ष गर्दै वर्तमान संविधान र संसद पुर्नवहालिका लागि संघ’र्ष गर्ने निर्यण गरेको थियो ।
यस संविधान र संसदीय व्यवस्थाबाट जनताको अधिकार प्रत्याभूति नहुने भन्दै सबै निर्वाचन खारेज गर्ने घोषणा सहित संघर्ष गरेको थियो । संविधान सभाको निर्वाचन नै ब’हिष्कार गरेर जन्मेको र प्रतिनिधि सभा, प्रदेश र स्थानीय निर्वाचनलाई खारेज गरिसकेको नेकपाको जबस मोर्चाको मुख्य नेता अहिले आएर यो संविधान रक्षा गर्न सहमत हुनुले एक संसय अवस्य पैदा गरेको छ ।
प्रतिबन्ध लगाएको दिन देखी आज सम्म पनि अखिल क्रान्तिकारीका दर्जनौं नेता र कार्यकर्ता हि’रासत, जेलमा छन भने कैयौंले मुद्दा खेपि रहेको बेला अध्यक्षले सोही संविधानको रक्षाको लागी सहमती जनाउदै हस्ताक्षर गर्नुले गम्भीर प्रश्न उठेको अखिल क्रा’न्तिकारीले जनाएको छ । स्मरणीय कुरा नेकपाले उक्त संविधान नमान्ने भन्दै जलाएको समेत थियो ।
अहिलेको संविधानको बारेमा नेकपा महासचिव विप्लवले पछिल्लो अंतरवार्ता ( मंसिर २४ गते रातो खबरमा प्रकाशीत) मा स्पपष्ट ढंगले यस्तो भनेकाछन –

” केपी ओलीको सरकार बनेदेेेखी नै हामीले भनेका थियौँ, यो संबिधान जनताको संबिधान होइन । देशमा जुन खालको आमुल परिवर्तनको संभावना थियोे, त्यसलाइ रोकेर फेरी पनि घुमेर दलाल पुजीपतिकै वर्ग कै पक्षमा उसकै संरक्षणमा लेखिएको संविधान हो । ”

इ रातो खबरमा प्रकाशीत महासचिव विप्लवको अन्तर्वार्ता
त्यस्तै संबिधान सम्बन्धि नेकपाका प्रवक्ता खड्क बहादुर बिश्वकर्मा प्रकाण्डले गत मंसिर ८ गतेको पार्टी स्थापना दिवसको अवसरमा एक अनलाइनलाइ दिएको अंतरवार्तामा संविधान सम्बन्धि यस्तो धारणा राखेका थिए । प्रवक्ता प्रकाण्ड भन्छन्–

“अहिलेको संविधान र राज्य व्यवस्थाले न विगतमा परिवर्तनको निम्ति गरिएका राजनीति आन्दोलन, १० वर्षे जनयुद्धको मर्म र भावना प्रतिबिम्बित गरेको छ, न त अहिलेको राष्ट्रिय आवश्यकता र जनचाहनालाई सम्बोधन गर्न सकेको छ । यसले त प्रतिक्रान्ति, राष्ट्रघात र जनघातको प्रतिनिधित्व गरेको छ । यो नेपाली श्रमजीवि जनताको संविधान र राज्य व्यवस्था नभएर दलाल पुँजीपतिको हो । जसका कारण देश संकटको भूमरीमा परेको छ ।”

प्रकाण्डको २०७७ मंसिर ८ गते प्रकाशित अन्तर्वार्ता
केही समय अगाडी मात्रै प्रचण्डकी बुहारी अर्थात निवर्तमान मन्त्री बिना मगरलाइ प्रमुख अतिथि बनाएर गोप्य भेला गरेको भन्दै उनको ब्यापक आलोचना भएको थियो ।
यो तस्बिर सामाजिक संजालबाट साभार गरिएको हो
सोही भेलामा बिना मगरले ५० लाख बजेट मिलाइदिएको र सहकारी खोल्न सहमत भएका समाचारहरु समेत भाइरल बनेका थिए । यसको खण्डनमा क्रान्तिकारीले कुनै धारणा आजसम्म सार्वजनिक गरेको छैन ।