logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपाका युवा नेता सिंह रिहा


  • राजनीति
  • बिहिबार, पुष ९ २०७७

विद्राेही दल नेकपाका युवा नेता तथा अनेरास्ववियू (क्रान्तीकारी) का पुर्व केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंह र मगर मुक्ति मोर्चा नेपालका नेता मिनबहादुर आले रिहा भएका छन् । गुल्मी जिल्ला अदालतले नेताद्धय सिंह र आलेलाई रिहा गर्न आदेश दिएको हो । उनीहरुलाई प्रहरीले पटक पटक पक्राउ गरेपछि बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो ।विहीबार उच्च अदालतको तर्फबाट न्यायधीसद्धय अग्निप्रसाद थपलिया र हरिप्रसाद पौडेलको फैसलाले नेताद्धय सिंह र आलेलाई रिहा गर्न आदेश दिएको हो । नेताद्धयको तर्फबाट अधिवक्ता ज्ञानु केसीले बहस गरेकी थिइन् । नेताद्धय सिंह र आलेलाई मंसिर ४ गते बुटवलबाट पक्राउ गरेको थियो ।

पक्राउ परेपछि प्रहरीले विस्फोटक मुद्धा दायर गरेको थियो । पक्राउ परेसँगै उनीहरुलाई मंसिर ३० गते जिल्ला अदालत भैरहवामा उपस्थित गराइएको थियो । अदालतमा माननीय न्यायधीस कमलप्रसाद ज्ञवालीको आदेशमा साधारण तारेखमा रिहा गर्ने फैसला सुनाइएपनि अदालतको फैसलालाई उलङ्घन गर्दै प्रहरीले अदालत परिसरभित्रैबाट गिरफ्तार गरेको थियो । त्यसपछि प्रहरीले पाल्पा लगेको थियो । पाल्पा अदालतले पुष १ गते न्यायधीश खड्क केसीले साधारण तारिखमा रिहा गर्न आदेश दिएपछि रिहा भएको सिंह र आलेलाई पुनः पक्राउ गरी गुल्मी लगेको थियो ।

गुल्मी नेताद्धय सिंह र आलेलाई अभद्र व्यवहारको मुद्दा चलाएको थियो । नेताद्धय सिंह र आलेलाई गिरफ्तारी विरुद्ध नेकपा केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो इन्चार्ज भीमले तत्काल रिहाई नगरे दलाल राज्यसत्ता र त्यसको गृहप्रशासन विरुद्ध सम्झौताहिन संघर्ष गर्ने बताएका थिए । नेता सिंह र आलेको गिरफ्तार गैरन्यायिक भएको भन्दै देशभर सर्वत्र विरोध समेत भएको थियो ।

नेता सिंह प्रखर युवा नेता, अखिल (क्रान्तिकारी)का पूर्व केन्द्रीय अध्यक्ष एव नेकपाका युवा नेता हुन । सिंहका राजनीति र शिक्षासँग सम्बन्धित विभिन्न पुस्तकहरु समेत प्रकाशित हुनुका साथै विभिन्न पत्रपत्रिकाहरुमा राजनीतिक वैचारिक लेखहरु समेत निरन्तर प्रकाशित हुँदै आएका छन् ।

उनीहरुको पक्राउसँगै नेकपा केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो इन्चार्ज भीमले नेता सिंह र आलेलाई प्रहरीले लगाएको झुठा मुद्दा खारेज हुनुपर्ने भन्दै उनीहरुलाई तत्काल रिहा नगरे दलाल राज्यसत्ता विरुद्ध सम्झौताहिन संघर्ष गर्ने बताएका थिए ।

नेता सिंह र आलेको गिरफ्तारी गलत भएको भन्दै उहाँलाई तत्काल रिहाइका लागी सर्वत्र माग गरिएको थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार