logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

३८ क्वीन्टल सुन प्रकरणमा मुख्य लगानीकर्ता “एमके” घरमा प्रहरीले मारे छापा

महत्वपूर्ण कागजातहरु बरामद


  • राजनीति
  • शुक्रबार, जेष्ठ २५ २०७५

काठमाडौं –  एमके भनिने करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ ।

अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको छ । उनी प्रहरीले यो प्रकरणको अनुसन्धान थाले लगत्तै घरमा ताला लगाएर फरार भएका थिए ।

शुक्रबार प्रकरणको अनुसन्धान गर्न उनको घरमा छापा मारेर केही महत्वपूर्ण कागजातहरु बरामद गरेको गठिन विशेष अनुसन्धान समितिले दाबी गरेको छ ।

छानबिन समितिले सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका अग्रवाललार्इ उनलार्इ नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

यसअघि प्रकरणमा पक्राउ परेका राप्रपा (प्रजातन्त्रिक) का नेता भुजुङ गुरुङले गृह मन्त्रालयका सह-सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको समित समक्ष बयान दिने क्रममा ३३ किलो सुनको लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका थिए ।

‘साढे ३३ किलो सुनमा मोहन अग्रवाल ‘एमके’ले लगानी गरेका थिए’, जिल्ला अदालत मोरङमा पेश भएको अभियोग पत्रमा उल्लेख गरिएको भुजुङको बयानमा भनिएको थियो, ‘त्यसको कमिसन मैले पनि पाउँथे ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार