राजनीति
२२ दिन अगाडी मात्र दुई पार्टी माओवादी केन्द्र र एमालेको एकता बाट बनेको नेपाल कम्यु्निस्ट पार्टीको(नेकपा ) केन्द्रीय सचिवालय र स्थायी कमिटीले पुर्णता पाएको छ । यो सगै नेपाली राजनीतिक बृतमा नया बहस र तर्कले स्थान पाएको देखिन्छ । राजनीतिक बैचारिक कुरा लाई त्यति प्राथमिकतामा नराखिएको यो एकता खाली एउटा प्राविधिक र ब्यैत्तिक सुरक्षाको लागि भनेर कतिपय बिश्लेषकहरुको भनाइ रहेको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको केही समय पछि ९ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटीलाई पुर्णता दिइएको छ । जसको मर्यादाक्रमको पहिलो स्थानमा तत्कालीन एमालेका अध्यक्ष केपी ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो स्थानमा रहेकाछ्न।
बिगत २७ वर्षदेखि पार्टीको सुप्रीमो बनेर पार्टी हाकिरहेका प्रचण्डले ४ वर्ष मात्र पार्टीको प्रमुख भएका केपी ओलीलाइ अगुवा स्विकार्नु हेर्दा राजनीतिक चातुर्यताको अर्थ लागे पनि कतिपय बिष्लेशकले प्रचण्डको बैचारिक त्रुटि र राजनीतिक थकानका रुपमा समेत परिभाषित गर्ने गरेकाछन । यधपी यो भित्रको मुल अर्थ भने आगामी महाधिवेशनमा बाहिर आउने नै छ ।
बि.स.२०४८ सालमा पार्टीको महामन्त्री भएका प्रचण्ड २०७५ जेठ २ गते सम्म निरन्तर प्रमुख नै थिए । २७ वर्ष सम्म मुख्य नेताको दौरानमा २०५२ देखि २०६२/०६३ सम्म नेपाली राजनीतिमा होलफष्ट्(सर्वोउत्कृष्ट) नेताको छवि बनाएका उनी शान्तिप्रक्रियामा पनि लगभग प्रथम नै बनिरहेका थिए । जब शान्तिकालिन समय सुरु भयो त्यसको केही वर्ष पछि पार्टी भित्र जन्मिएको बैचारिक मतभिन्नताले उनलाइ भित्र बाहिर कम्जोर बनाउदै लगेको देखिन्छ । पार्टी भित्र कम्जोर भएको बुझेर संतुलन मिलाउन विभिन्न समयमा थुप्रै पार्टी सग एकता गर्दै आएका थिए । प्रचण्डको यो रणनीति पनि बिस्तारै प्रत्युत्पादक बन्दै गए पछी पार्टीनै अर्कोलाइ बुझाएको कतिपयको बुझाइरहेको छ ।
यसरी लामो राजनीतिक जिवनको आरोह अवरोहमा अधिकास समय मुख्य जिम्मेवारी र हर्ताकर्ता भएका प्रचण्ड यति बेला ओलिको बोली काट्न नसक्ने एउटा कम्जोर जस्ता बनेको उनै सम्वद्ध पार्टीका नेताहरुको भनाइ रहेको छ