logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कहिले हुन्छ वैद्य विप्लव एकता ? यस्तो छ भित्री कुरा


  • राजनीति
  • आइतबार, पुष १२ २०७७

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले विप्लव नेतृत्वको नेकपा लगाएका पार्टी सग चाडै एकता हुने खुलासा गरेका छन । यस्तै महासचिव वैद्यले संसद विघटन गरेपछि मुलुकमा विकसित परिस्थिति नयाँ जनवादी क्रान्तिका लागि अझ अनुकूल बनेको बताएका छन् ।

माओको १२७ औं जन्मजयन्तीको अवसरमामा बोल्दैं महासचिव किरणले संसदको पुनस्र्थापना, संसदको निर्वाचन वा पुनरुत्थानवादीहरुबाट मुलुकमा विद्यमान समस्याको समाधान हुन नसक्ने भन्दै राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका समग्र समस्याहरुको समाधानका लागि संघीय जनगणतन्त्र अपरिहार्य बनेको बताए ।

माक्र्सवाद–लेनिनवाद–माओवाद नमान्नेहरु कम्युनिस्ट क्रान्तिकारी हुन नसक्ने भन्दै सच्चा माओवादी नहुनेहरु सच्चा माक्र्सवादी र लेनिनवादी पनि हुन नसक्ने ठाेकुवा गरे ।

महासचिव किरणले नयाँ जनवादी गणतन्त्रका पक्षधर शक्तिहरु अब एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

उनले छरिएर रहेका सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध तुल्याउने दायित्व आफूहरुको रहेको भन्दै विप्लव नेतृत्वको नेकपा, मसाल लगायतका पार्टीहरुसँग पार्टी एकताको लागि कुराकानी भइरहेको पनि खुलासा गरे ।

विप्लव नेतृत्वको नेकपाले पनि आफ्नाे आन्तरिक कमिटी मार्फत एकता प्रकृया छिट्टै टुंगिने बताएकाे स्राेतकाे दावी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार