logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

अब बिद्रोह सुरु हुन्छ : घनश्याम भुसाल


  • राजनीति
  • सोमबार, पुष १३ २०७७

नेकपा नेता घनश्याम भुसालले प्रतिनिधिसभा विघटन संविधानविपरित भएकोले त्यसलाई सर्वोच्च अदालतले पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन्। रूपन्देहीमा आयोजति पार्टीको जिल्ला भेलामा भुसालले सर्वोच्च अदालतले संसद पुर्नस्थापना नगरे नगरे जनताले पुनस्थापना गर्ने दावी गरे।

उनले भने, ‘अफ्रिकाका केही मुलुकमाबाहेक अरू मुलुकमा जनमत र संविधानको पालना नहुने सुनेको छैन मैले, त्यसैअनुसार हामीकहाँ अझैपनि संविधान र जनमतको सम्मान गर्न, स्थीरता कायम राख्न पनि अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्छ।’

उनले प्रतिनिधि सभा पुनस्थापना नभएमा मुलुक सत्यनासतिर जाने बताए। प्रधानमन्त्री ओलीले संविधानविपरित कदम चालेर पार्टीको विधि र पद्धति समेत उल्लंघन गरेको बताए। उनले भने, ‘प्रधानमन्त्रीले संविधान च्यात्न शुरु गर्नुभयो, यसरी अघि बढे देश अस्थिरतामा फस्छ।’

प्रतिनिधिसभा पुनःस्थापना भए पार्टी फुटबाट पनि जोगिने नेता भूसालले दाबी गरे। पार्टीमा ७० प्रतिशित नेता तथा कार्यकर्ताले ओलीको कदमको विरोध गरिरहेको जिकिर गर्दै उनले प्रतिनिधि सभा पुनःस्थापना नभए स्वतः बिद्रोह शुरु हुने उल्लेख गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार