logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मन्त्रीपरिषद बैठक, प्रदेश सरकारकाे छलफल किन राखियाे गाेप्य


  • राजनीति
  • बिहिबार, पुष १६ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक राखेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा छलफल र केही महत्वपूर्ण निर्णय गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । यस्तै प्रदेश सरकाहरुका विरुद्ध अविश्वासकाे प्रस्ताव आउन थालेपछि यसकाे विषयमा पनि छलफल भएकाे भएपनि छलफल गाेप्य राखिएकाे छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका एसपी डिल्लीराज विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ।

कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कार र हत्या अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) विष्ट बर्खास्तमा परेका थिए।

गृह मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाट हटाएको थियो। बर्खास्तमा परेका एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार