logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

अविस्वास आय प्रदेशसभा विघठन गर्ने मुख्यमन्त्रीकाे तयारी


  • राजनीति
  • बिहिबार, पुष १६ २०७७

ओली समुहका नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अविस्वासकाे प्रस्ताव आए प्रदेश सभा विघठन गर्ने चेतावनी दिएका छन ।

मुख्यमन्त्री गुरुङ अझै पार्टी एक हुनुपर्छ भन्ने पक्षमा छन् । त्यसैले उनी आफ्नो क्याबिनेटमा भएका अर्को गुटका दुई मन्त्री नहटाउने योजनामा छन् । ‘मलाई एकता नचाहिने भए उताका मन्त्रीलाई हटाइदिन सक्थेँ । हटाएको छैन नि,’ उनले भने, ‘राजीनामा दिए केही लाग्दैन । त्यतिबेला विकल्प सोच्नुपर्छ । मैलेचाहिँ उहाँहरूलाई हटाउँदिनँ ।’

केपी ओलीको यो कदम असंवैधानिक नरहेको गुरुङले दाबी गरे । ‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गरेर चुनावमा जाने अधिकार हुन्छ, यो ध्रुव सत्य हो’ उनले भने । लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति जनता हुन्, त्यसैले प्रधानमन्त्रीले गलत र सही छुट्याउने अधिकार जनतालाई दिएको उनको भनाइ छ ।

उनले  भने ‘लासामा सुनै सुन भएर मलाई के हुन्छ, कान खाली भएपछि,’ उनले प्रष्ट्याउँदै भने, ‘पार्टीमा बहुमत भएर के हुन्छ, बहुमतको प्रधानमन्त्रीलाई कामै गर्न नदिएपछि ।’ उनले प्रदेशमा बहुमतको मुख्यमन्त्रीलाई हटाउने प्रयत्न भए विघटनको विकल्प नभएको जिकिर गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार