logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्डलाई भेटेका ‘राजनीतिक गुरु’ सिंहले दिए यस्तो सल्लाह


  • राजनीति
  • शुक्रबार, पुष १७ २०७७

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पाका कम्युनिस्ट नेता मोहनविक्रम सिंह खुमलटारस्थित निवासमै पुगे । नेकपा मसालका महामन्त्री समेत रहेका सिंहले प्रचण्डसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे लामो कुराकानी गरे ।

प्रचण्डको सचिवालयमा समेत रहेकी उनकी छोरी गङ्गा दाहालले सिंह सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न पुगेको उल्लेख गरेकी छिन् । दुवैबीच देशको राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिएकी छिन् ।

सिंहले प्रचण्डसँग उनको राजनीतिक कदमको आलोचना समेत गरेको बुझिएको छ । कुनैबेला प्रचण्डका राजनीतिक गुरु सिंहले आफ्ना चेलालाई विभिन्न सुझाव समेत दिएको बुझिएको छ । सिंहले प्रचण्डले चालेको हिंसात्मक जनयुद्धको कदमको विरोध गरेका थिए । उनका कतिपय राजनीतिक भविष्यवाणी मिलेको पनि थियो ।-तस्बिर स्रोत: गंगा दाहालको फेसबुकबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार