logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सभामुखले किर्ते गरेको प्रधानमन्त्री ओलीको आरोप


  • राजनीति
  • शनिबार, पुष १८ २०७७

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीचको विवाद सतहमा आएको छ । ओलीले सभामुख सापकोटामाथि किर्ते गरेको आरोप लगाएका छन् । पदीय मर्यादाविपरित सरकारको काममा अवरोध गरेको भन्दै आक्रोश पोखे ।

‘सभामुखबाट किर्ते काम भयो,’ प्रधानमन्त्री ओलीले आफ्नो समूहका प्रवासी नेपाली एकता मञ्चका नेता तथा कार्यकर्तालाई भर्चुअल सम्बोधनमा सभामुख सापकोटाले संसद बिघटन भइसकेपछि दर्ता भएको अविश्वासको प्रस्तावको समय अगाडि राखेर सनाखत गरेको उल्लेख गर्दै भने,‘सभामुखजस्तो मर्यादित पदबाट वैधानिकता दिनका लागि ३ बजे आएको प्रस्ताव साढे १० बजे आएको छ भनेर झुटो सनाखत भयो ।’ ओलीले यसलाई लज्जास्पद भने ।

ओलीले सभामुख र सांसदहरुलाई अराजक भने । उनले अराजकताबाट देशलाई अस्थिरतामा जान रोक्न आफूले संसद बिघटनको कदम चालेको तर्क गरे । ओलीले बहुमतको दाबी गरेको भन्दै प्रचण्ड र माधव नेपाललाई चुनावमा जान चुनौती दिए । उनले सम्बोधनको अधिकांश समय प्रचण्ड र माधव नेपालको आलोचनामा समय बिताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार