logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

विप्लव सहितकाे सर्वपक्षीय सम्मेलन गराै : थापा


  • राजनीति
  • शनिबार, पुष १८ २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत काे माग गरेका छन उन विद्राेही दल नेत्रविक्रम चन्द विप्लव सहित राजाकाे सहभागीतामा सर्वपक्षीय सम्मेलन गर्न माग गरेका छन। अध्यक्ष थापालेे राजनीतिक दलमाथि प्रतिवन्ध लगायर सरकारले ठिक नगरेको भन्दै विप्लव देखि राजा र सबै दल अट्ने सर्वपक्षीय सम्मेलन गराै चाहादा सम्भव नहुने केही छैन । विदेशी काे इसरामा दलहरु आपसमा लड्न नहुने उनकाे तर्क थियाे । उनले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् । नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनको चेतावनी छ ।

शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताए ।

उनले भने, ‘हिजो कठिन घडीमा राप्रपाले बोकेर हिड्यो होला । अब आम नेपालीको एजेण्डा बनिसकेको छ । कसैले चाहे पनि नचाहे पनि घरघरमा बहस हुन थालेको छ ।’

थापाले यदि हिन्दु राष्ट्र र राजसंस्थालाई पुनर्स्थापित गर्ने र संघीयतालाई पुनरावलोकन नगर्ने हो भने सडकबाटै आफ्ना मान्यता स्थपित गर्ने बताए । सिंहदरबार र शीतल निवासका शासकहरुलाई सार्वजनिक आह्वान भन्दै राप्रपा अध्यक्ष थापाले भने, ‘हामी यो देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका निमित्त आवश्यक पर्‍यो भने मर्न र मार्न पनि तयार भएर सडकमा आएका छौं । टाउकोमा कफन बाँधेर आएका छौं ।’

संसद भंग भएपछि संवैधानिक जटिलता सिर्जना भन्दै उनले राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने बताए ।

राजसंस्था नहुँदा देश अभिभावक बिहीन भएको र विदशीको चलखेल तीव्र रुपमा बढेको थापाले बताए । केही दिन अगाडि मात्र नेकपाको घर झगडा मिलाउन उत्तरतिरबा हवाइजहाज चार्टर गरेर केही मानिसहरु आएको भन्दै पूर्व परराष्ट्रमन्त्री थापाले भने, ‘कहिले दक्षिणबाट कहिले उत्तरबाट नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौािकता र नेपाली जनताको निर्णयकत्वमाथि प्रहार गर्ने काम भएको छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार