logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

हिन्दुस्तान टाइम्स भन्छ नेकपा मिलाउन चिन अझै सक्रिय


  • राजनीति
  • आइतबार, पुष १९ २०७७

भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजनीतिक कोर्सलाई प्रभावित पार्ने कोसिस जारी राखेको र तीन सदस्यीय टोलीलाई काठमाडौंमै राखेको दावी गरेको छ ।

सो पत्रिकाले काठमाडौंमा रहेको चिनियाँ टोलीले नेपाली राजनीतिज्ञहरुलाई भेटघाट गरिरहेको समेत दाबी गरेको छ । उच्च स्रोतलाई उल्लेख गर्दै सो पत्रिकाले भनेको छ, ‘चीनले नेपालमा गुप्त प्रयास गरिरहेको छ । अहिले चिनियाँ कम्युनिष्ट पार्टीको तीन सदस्यीय टिमलाई कार्यभार सुम्पिएको छ ।’

नेपालको मामिला लामो समयदेखि हेरिरहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु अहिले काठमाडौंमा रहेको भन्दै सो पत्रिकाले ती अधिकारीहरुको नाम नै प्रकाशित गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार