logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सुदुरपश्चिमका ३९ सासंद मध्य ३० जना प्रचण्ड माधव समुहमा, हेर्नुस् सुचि


  • राजनीति
  • आइतबार, पुष १९ २०७७

नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादपछि सुदुरपश्चिम प्रदेशमा समेत प्रदेश सांसदहरु दुई खेमामा विभाजित बनेका छन् । सो प्रदेशमा रहेका ३९ जना नेकपाका प्रदेश सभा सदस्यमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहमा ३० जना उभिएका छन् ।

नेकपाका दुई प्रदेश सांसद भने सभामुख र उपसभामुख छन । यस्तै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोरा कतै खुलिसकेका छैनन् ।

बाँकी ६ जना सांसद मात्रै प्रधानमन्त्री केपी शर्मा ओली निकट देखिएका छन । आइतबार संसदीय दलको बैठकमा सहभागी भएकामध्ये ६ जनाले निणर्यमा हस्ताक्षर नगरेपछि दुई खेमामा उभिएका नेताहरु बारे प्रष्ट भएको हो ।

दलको बैठकले प्रधानमन्त्री ओलीको कदमको बिरोध गर्दै प्रचण्ड-माधव समूहलाई समर्थन गर्ने निणर्य गरेको छ ।

बैठकले पार्टी अध्यक्ष केपी ओलीबाटै भइरहेको पार्टी फुट र विग्रहको खेलमा नलाग्नसमेत सबैमा अनुरोध गरेको नेकपाकी सदुरपश्चिम प्रमुख सचेतक तारा लामाले जानकारी दिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार