logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्रान्तिकारीको सिटीईभिटी अध्यक्षमा चन्द निर्वाचित


  • राजनीति
  • मंगलबार, पुष २१ २०७७

बिद्रोही दल नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी सगठन अखिल क्रान्तिकारीको सिटिइभिटी उपत्यका जिल्ला समितिको सातौँ सम्मेलन सम्पन्न भएको छ ।

उपत्यकाको एक कलेजमा भएको सम्मेलनमा संगठनका पदाधिकारी अध्यक्ष, महासचिव र संठनका सचिवालय सदस्य तथा सिटिइभिटी इन्चार्ज मिलन राइको उपस्थिति रहेको थियो । नया केन्द्रिय समिति बनेपछी खास गतिविधि नभएको ठाउमा मिलन राइले जिम्मेवारी पाए लगतै गतिविधिले तीव्रता पाएको सिटिइभिटी जिल्ला समितिका एक नेताले बताएकाछन ।

सिटिइभिटीको ७ औं सम्मेलन बाट अध्यक्षमा डिबी चन्द निर्वाचित भएका छन् भने समितिमा २५ जना सदस्य रहेका छन् ।

सम्मेलनमा उपस्थित अतिथिहरुले निर्वाचित सदस्यहरुलाई कार्यकालको शुभकामना दिएका थिए । निर्वाचितहरुका तर्फबाट अध्यक्ष चन्दले प्रतिवद्धता मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार